२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

बालेन र सुनिताबाट वडा नं. ३२ को प्रशासनिक भवन शिलान्यास

बालेन र सुनिताबाट वडा नं. ३२ को प्रशासनिक भवन शिलान्यास
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको शिलान्यास भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले शिलान्यास गर्नुभएको हो ।

४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ । भवन निर्माणका लागि १७ करोड ४२ लाख ७० हजार ८७५ रुपियाँ अनुमान गरिएको थियो ।

यसमा बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२.३३ प्रतिशत कम रकम अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपियाँमा कवोल गरेर निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग महानगरपालिकाले २०८२ पुस २९ गते सम्झौता गरेको हो । काम सम्पन्न हुने अवधि २०८३ पौष मसान्तसम्म राखिएको छ ।

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले, लामो समयदेखिको प्रयत्नबाट वडाबासीले सुविधा सम्पन्न भवन प्राप्त गर्ने अवसर आएको बताउनुभयो । भवन निर्माणका लागि जग्गा खरिद गरेर सहरी योजना आयोगमार्फत डिजाइन गरिएको नक्साका आधारमा मालपोत, नापी जस्ता महानगरपालिकामा थपिँदै आउने सेवा समेत अट्न सक्ने भवन निर्माण थालनी हुनु वडाबासीका लागि गौरवको क्षण भएको उहाँको भनाइ थियो ।

भवनको गुणस्तरको कुरा गर्दै उहाँले वडाबासीलाई भन्नुभयो, ‘यसको गुणस्तरीयता कायम गराउन यहाँहरुले समय समयमा आएर कसरी काम भइरहेको छ? योजना अनुसार काम भएको छ कि छैन भनेर निगरानी गरिरहनु पर्छ ।’

त्यस क्रममा धारणा राख्दै उपप्रमुख डंगोलले वडा प्रशासनिक भवन निर्माण हुनुलाई भौतिक संरचनाका रुपमा मात्र नभइ विकेन्द्रीकरणको पूर्वाधारका रुपमा हेरेको बताउनुभयो । ‘महानगरपालिकाभित्रका वडा प्रशासनिक भवनमध्ये यो सबैभन्दा ठूलो संरचना हुनेछ । यसका लागि धेरै लगानी हुनेछ । यो लगानीको प्रतिफलका रुपमा नागरिकका सेवाको अपेक्षालाई सरल, सहज, चुस्त र प्रभावकारी बन्ने अवस्थाको अपेक्षा गरेका छौँ । ’ उहाँको भनाइ थियो ।

कार्यक्रममा वडाका अध्यक्ष एवं महानगरपालिकाको राजस्व समितिका संयोजक नवराज पराजुलीले वडा प्रशासनिक भवन निर्माण हुनुलाई महत्वका साथ लिएको बताउनुभयो । वडाले प्राथमिकतामा राखेर गर्नु पर्ने महत्वका थप ५ वटा कामको सूचीमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘तीनकुनेको मुआव्जा वितरण विवाद सुल्झाएर त्यस ठाउँमा सुन्दर पार्क बनाउनु, एअरपोर्ट क्षेत्रका घरहरुको पुनःमूल्याङ्कन गरेर व्यवस्थापन गर्नु, नदी किनाराका अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउनु, जडीबुटी कोटेश्वर सडक खण्डको सवारी चाप कम गरेर आवागमन सहज बनाउनु पर्नेछ र जडीबुटीदेखि पेप्सीकोला चोकसम्म मेलम्चीको पाइपलाइन विछ्याएर पानी वितरण प्रणाली मिलाउनु पर्नेछ । सरकारका वा महानगरपालिकामा जो आए पनि यी काम गर्नुपर्छ ।’

७ हजार ७० वर्गफुट क्षेत्रफल हुने भवनको भूमिगत तला पार्किङ् प्रयोजनका लागि हुनेछ । २२ हजार २२९ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला ७ हजार २०३ वर्गफुटको हुनेछ । भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार जमिन तला, पहिलो तला र दोस्रो तलाको क्षेत्रफल समान हुनेछ । भ¥याङ् छोप्ने भाग ६९० वर्गफुटको हुनेछ । भवनको बाहिर विश्राम स्थल, बगैँचा र भविष्यमा स्वास्थ्य प्रवधैन केन्द्र निर्माण गर्न मिल्ने गरी अहिलेको भवन डिजाइन गरिएको श्रेष्ठको भनाइ छ ।

परम्परागत शैलीमा डिजाइन गरिएको भवनमा २ वटा लिफ्ट र २ वटा भ-याङ् हुनेछन् । वडा सचिव सुरेश दाहालका अनुसार भवन निर्माण गर्ने जमिन मनोहरा जग्गा एकीकरण आयोजनासँग करिब २८ करोड रुपियाँ लागतमा खरिद गरिएको हो ।