१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चन्द्रागिरी केबलकारमा स्थानीयलाई ५० प्रतिशत छुट

चन्द्रागिरी केबलकारमा स्थानीयलाई ५० प्रतिशत छुट
अ अ+ अ-

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन् ।

केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी चन्द्रागिरि नगरपालिका तथा मकवानपुर जिल्लाका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयवासीले समेत यस्तो छुट उपलब्ध गराउने निर्णय गरेको थियो । माघ १ गते सार्वजनिक बिदा परेका कारण छुटको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।

हाल चन्द्रागिरि केबलकार चढ्नका लागि साधारण टिकटका लागि ८२५ रूपैयाँ तिर्नुपर्छ । यसअघि कम्पनीले चन्द्रागिरिस्थित केबलकारको बेसस्टेसन वरपरका एकदेखि पाँच वडाका बासिन्दालाई २५ प्रतिशत छुट दिइरहेको थियो ।

“एक वर्षअघि नगर कार्यपालिकाले सबै नगरवासीले अपनत्व लिनेगरी सम्पूर्ण नगरवासीलाई छुट दिलाउने पहल गर्ने निर्णय गरेपछि यस्तो छुटका लागि प्रयास सुरु भएको थियो”, नगरका प्रवक्ता एवं ३ नम्बर वडाका अध्यक्ष कृष्ण खड्गीले राससलाई बताउनुभयो ।

छुट प्राप्तिका लागि लाभग्राहीले आफू चन्द्रागिरि, थाहा वा इन्द्रसरोवरको स्थानीय भएको खुल्ने कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने र टिकट खरिदका क्रममा स्वयं उपस्थित हुनुपर्ने र सार्वजनिक बिदाका दिनहरूमा यस्तो छुट नपाइने व्यवस्था गरिएको छ ।रासस