१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपालमा एआई नीति तथा शासकीय व्यवस्थाबारे उच्चस्तरीय परामर्श

नेपालमा एआई नीति तथा शासकीय व्यवस्थाबारे उच्चस्तरीय परामर्श
अ अ+ अ-

काठमाडौँ। नेपालस्थित क्यानडेली दूतावासले क्यानडाको हम्बर पोलिटेक्निकसँगको सहकार्यमा नेपालमा कृत्रिम बुद्धिमत्ता एआईसम्बन्धी नीति तथा नियमन व्यवस्थाबारे सरोकार भएका निकायसँग उच्चस्तरीय परामर्श गरेको छ ।

उक्त परामर्श कार्यक्रम क्यानडा सरकारको इन्डोप्यासिफिक एङ्गेजमेन्ट इनिसिएटिभअन्तर्गत स्ट्रेन्थनिङ गभर्नेस एण्ड रिजनल को–अपरेसन क्षेत्रीय कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो । यो कार्यक्रम बङ्गलादेश, नेपाल, भुटान, भारत र श्रीलङ्कामा कार्यान्वयन हुँदै आएको छ । यसको उद्देश्य एआई नियमन, साइबर सुरक्षा तयारी तथा जिम्मेवार प्रविधि अवलम्बनमा संस्थागत क्षमता सुदृढ गर्नु र क्षेत्रीय सहकार्यलाई अघि बढाउनु भएको नेपालस्थित क्यानडेली दूतावासले जनाएको छ ।

नेपालमा आयोजित परामर्श कार्यक्रममा नीतिनिर्माता, सरकारी अधिकारी, शिक्षाविद् तथा संस्थागत र उद्योग क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो । कार्यक्रममा एआई नियमनसँग सम्बन्धित अवसर र चुनौतीका बारेमा छलफल भएको थियो । छलफलका मुख्य विषयहरूमा नीतिगत तयारी, नैतिक तथा जिम्मेवार एआई प्रयोग र भविष्यका डिजिटल निमयन ढाँचाहरू निर्माणमा सार्वजनिक संस्थाहरूको भूमिका रहेका थिए ।

सोही अवसरमा क्यानेडेली उपराजदूत मार्क एलनले भन्नुभयो, “क्यानडाले एआईबाट नवप्रवर्तन, आर्थिक वृद्धि र सामाजिक लाभ हासिल गर्न सक्ने सम्भावनालाई लामो समयदेखि प्रवर्द्धन गर्दै आएको छ, इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत यस्ता परियोजनामार्फत एआई क्षेत्रमा हाम्रो नेतृत्व राष्ट्रिय सीमाभन्दा बाहिरसम्म विस्तार भइरहेको छ । सुरक्षित, जिम्मेवार र नवप्रवर्तनशील एआई प्रणालीको विकासका लागि दिगो डिजिटल पूर्वाधार र नियमन ढाँचा निर्माणमा नेपाललाई सहयोग गर्ने विश्वासिलो साझेदारका रूपमा क्यानडाको दृढ प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छु ।”

परामर्श कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले नेपालमा एआई क्षेत्रको हालसम्मको प्रगति तथा सम्भावनाहरूबारे जानकारी गराउनुभयो ।

परामर्श कार्यक्रमपश्चात् क्यानडाको हम्बर पोलिटेक्निकद्वारा एक दशमलव पाँच दिने एआई क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा सार्वजनिक क्षेत्रको शासकीय व्यवस्था र नीतिगत कार्यान्वयनमा एआईको व्यावहारिक प्रयोगमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो । रासस