३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप
अ+ अ-

गण्डक । कास्की, बागलुङ, मुस्ताङलगायत जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि दरखास्त दिने म्याद दुई दिन थप गरिएको छ ।

यसअघि गत पुस २५ गतदेखि बिहीबारसम्म दरखास्त माग गरिएकामा आवेदन कम परेको हुनाले शनिबारसम्म म्याद थप गरिएको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति कास्कीले जनाएको छ । समितिका सदस्य सचिव एवं सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार कास्कीमा दुई हजार ३०३ निर्वाचन प्रहरी परिचालन गरिने भएको छ । निर्वाचन प्रहरीमा भर्नाका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा दरखास्त बुझाउन सकिने उहाँले बताउनुभयो ।

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रुपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइने भएको छ ।

अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि दरखास्त दिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो । माघ ५ देखि १० गतेभित्र छनोट प्रक्रिया सकिने र १२ गते नतिजा प्रकाशन गरिने उहाँको भनाइ छ । आवदेन लिइसकेपछि यही निर्वाचन प्रहरी छनोट र भर्नाको प्रक्रिया अगाडि बढ्ने जनाइएको छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म प्रशिक्षण दिइने समितिले जनाएको छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ ।

निर्वाचन प्रहरीले ४० दिनको रु ३४ हजार ७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु एक हजार २०० उपलब्ध गराइने छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्त गर्नेछ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन तयारी अगाडि बढाएको छ ।

कार्यालयले कुनै व्यक्ति वा समूहसँग अवैध हातहतियार भएमा यही माघ १५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक रुपमा सूचित गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरण सम्पन्न गर्न कार्यालयले उक्त आग्रह गरेको हो । तोकिएको समयमा हातहतियार तथा खरखजना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ । रासस