३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

काँग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ: विश्वप्रकाश शर्मा

काँग्रेस विभाजित छैन तर आधिकारिक हामी नै हौँ: विश्वप्रकाश शर्मा
अ+ अ-

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेस विभाजन नभएको बताउनुभएको छ ।

आधिकारिकता सम्बन्धि जानकारी दिनका लागी शुक्रबार निर्वाचन आयोगमा पुग्नुभएको शर्माले काँग्रेस एकिकृत रहेको बताउनु भयो । उहाँले कांग्रेसको विधानअनुसार विशेष महाधिवेशनले नेतृत्व परिवर्तन मात्रै गरेको दाबी गर्नुभयो । विशेष महाविधशनले गरेको निर्णय अनुरुप आयोगले अद्यावधिक गर्नुपर्ने उहाँको भनाई छ । उहाँले काँग्रेसको विवादमा आयोगले राजनीतिक दल विभाजन सम्बन्धि कुनैपनि कानून आकर्षित नहुने उल्लेख गर्नुभयो ।

विशेष महाधिवेशन प्रतिनिधिहरुले गरेको महाधिवेशन नै वैधानिक र लोकतान्त्रिक प्रक्रिया भएको उहाँको भनाई छ । उहाँले विशेष महाधिवेशनले गरेको निर्णयलाई भ्रमपूर्ण प्रचार गरी पार्टी विभाजन गरिएको भनिएको आरोप पनि लगाउनु भयो । उहाँले निर्वाचन आयोगलाई नै प्रभावमा पार्नेगरी आफूहरु पक्षको निर्णय नआए आन्दोलन गर्ने चेतावनी दिन गैरराजनितिक चरित्र भएको बताउनु भयो । आयोगले निष्पक्ष रुपमा निर्णय गर्ने उहाँको विश्वास छ । उहाँले विधानअनुरुप नै महामन्त्रीको हैसियतले आफूहरुको विशेष महाधिवेशन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो अहिले भएको प्रक्रियालाई नै लोकतन्त्र माथीको षड्यन्त्रको संज्ञा दिँदै गरेको देख्दाखेरी दुख व्यक्त गर्न चाहन्छु । किनभने विशेष महाधिवेशन भुँई तहका सदस्यहरुको, प्रतिनिधिहरुको सार्थक, वैधानिक र लोकतान्त्रिक प्रक्रिया हो । यसमा अलिकति भ्रम परेको जस्तो लाग्यो । यसलाई स्पष्ट गर्न चाहन्छु । किनभने केही बेर अगाडी पार्टी केन्द्रिय समितिको केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दैगर्दापनि निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गरेन भने देशभर आन्दोलन गर्छौं भन्ने प्रकृतिको अभिव्यक्ति आएको छ । निर्वाचन आयोगले विधिसम्वत ढंगले नै निर्णय गर्दछ । विधिमा विश्वास गर्ने नेपाली काँग्रेस पार्टीले यसप्रति भरोसा गर्नुपर्छ । त्यो भ्रमका साथ आयो कि भन्ने लाग्छ, दल विभाजन भयो । दल विभाजन भईसकेपछि दाबी गर्न जानुपर्छ भन्ने लागेजस्तो लाग्यो । यद्यपि यो विभाजन भएको होइन । पार्टीको विधिसंवत प्रक्रियाबाट भएको विशेष महाधिवेशन हो । त्यसैले यसमा दल विभाजन सम्बन्धि कुनैपनि दफाहरु आकर्षित हुँदैन । हामीले विधिसंवत प्रक्रियाले विशेष महाधिवेशन गरेका छौँ । विशेष महाधिवेशनले केही नितिगत निर्णय गरेको छ । नेतृत्व परिवर्तन गरेको छ । त्यसलाई अद्यावधिक गर्नको लागी मात्रै हामी निर्वाचन आयोग आएका हौँ ।’

उहाँले विधानअनुसार नै विशेष महाधिवेशनको माग तत्कालिन कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको स्मरण समेत गर्नुभयो । नियमित महाधिवेशन गरेको भए मात्रै विशेष महाधिवेशनको औचित्य सकिएको हुने उहाँको भनाई छ । नियमित अधिवेशन नभएपछि विशेष अधिवेशनको आह्वान आफूहरुले गरेको उहाँले बताउनु भयो । विधान कार्यन्वयनको लागि पनि विशेष महाधिवेशन आवश्यक भएको उहाँले बताउनु भयो ।