९ श्रावण २०८३, शनिबार
,
Latest
बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि



अ+ अ-

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड रेकर्ड राख्न सफल दिनेश सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । इन्टरनेशनल इन्टर्नशीप युनिभर्सिटीले हालै स्पोर्टस् साइन्स एण्ड ह्युमन पर्फमेन्समा मानार्थ विद्यावारिधि दिएको हो ।

विश्वभर केबल असाधारण नेतृत्व र प्रेरणादायी योगदान दिने व्यक्तिहरूलाई प्रदान गरिने सो उपाधि अन्तरराष्ट्रिय रूपमा प्रशंसित पार्कर खेलाडी, उत्कृष्ट जिम्नास्ट, स्टन्ट कलाकार र सहनशीलताको विश्व दूतका रूपमा अन्तरराष्ट्रिय ख्याति कमाएका नेपालका डा सुनारले पहिलोपटक पाउनुभएको हो ।

सन् २०२५ मा विश्वभरबाट उहाँसहित जम्मा चार जनालाई सो सम्मान प्रदान गरिएको थियो । उहाँ भन्नुहुन्छ, “यो सम्मानले दृढ सङ्कल्प र अवसरले सफलता सम्भव हुन्छ भन्ने कुराको पुष्टि भएको छ, साथै नेपालको प्रतिष्ठालाई अन्तरराष्ट्रिय जगतमा बढाउन मद्दत पुग्नेछ ।”

नेपालको प्रतिनिधित्व गर्दै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जिम्नास्टिक्स प्रतियोगितामा धेरैपटक स्वर्ण पदक जित्न सफल हुनुभएको छ । अमेरिकास्थित वल्र्ड फ्रि रनिङ पार्कर फेडरेशनको प्रशिक्षक रहनुभएका उहाँ सन् २०२४ देखि अमेरिकी पार्कर एम्बेसडरका रूपमा संस्कृति र महादेश जोड्दै स्वतन्त्रता, गति र आत्मअभिव्यक्तिको विचार बाँडिरहनुभएको छ ।

उहाँले बलिउड, कोलिउड र नेपाली चलचित्रमा ५० भन्दाबढी स्टन्ट प्रदर्शन गरिसक्नुभएको छ । भविष्यमा नेपालमा व्यावसायिक पार्कर एकेडेमी स्थापना गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।