९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा



अ+ अ-

चितवन । माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन । उहाँका अनुसार यस क्षेत्रबाट देवघाट जाने र फर्कने तीर्थालुहरुलाई सेवा दिइने छ । भक्तजनको चाप भएसम्म बसले सेवा दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा अन्य भक्तजनहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेका हौँ ।”

भक्तजनहरुलाई राजमार्गसम्म आउन समस्या नपरोस् भनेर आँपटारी हुँदै रामनगर, देवघाट हुँदै पुनः आँपटारीसम्म सेवा दिने अर्यालले बताउनुभयो । माघेसङ्क्रान्तिको अवसरमा हरेक वर्ष देवघाटमा स्नान गर्ने, मेला भर्न आउनेको उपस्थिति उलेख्य हुने गरेको छ ।

ज्येष्ठ नागरिकहरुलाई पैदलयात्रामा समस्या हुन सक्ने भन्दै निःशुल्क बस सेवा दिन लागिएको हो । देवघाटमा तीन लाख भक्तजन स्नान गर्न आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ । बुधबार बिहान वेणीमा लिङ्गो ठडाएर मकरसङ्क्रान्ति मेलाको सुभारम्भ गरिएको छ । रासस