१७ श्रावण २०८३, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जलि राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गोठाटारमा भीषण आगलागी, १४ पसल जले सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान शिखरभन्दा माथि: साहस, समर्पण र अमरताको आरोहण विभिन्न व्यक्तित्वलाई ‘ठाँटी मिडिया सम्मान’ प्रदान करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतमा विस्तारित स्वास्थ्य सेवा सुरू



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेश सरकारका माननिय मुख्यमन्त्री यामलाल कडेंलज्यूको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर सुर्खेतमा विस्तारीत स्वास्थ्य सेवा उद्घाटन् कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कर्णाली प्रदेश प्रहरी अस्पतालमा विस्तारीत स्वास्थ्य सेवा अन्तर्गत अन्तरंग विभाग, प्रयोगशाला, फार्मेसी, माईनर अप्रेसन, जनरल, हाड जोर्नी, आँखा रोग ओ.पि.डी. तथा सर्वसधारण उपचार सेवा समेत रहेको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननिय सामाजिक विकास मन्त्री घनश्याम भण्डारीज्यू, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठज्यू, वीरेन्द्रनगर नगरपालिकाका उप-प्रमुख नीलकण्ठ खनालज्यू लगायत अन्य आमन्त्रीत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।