८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपाल टेलिकमले दियो प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश

नेपाल टेलिकमले दियो प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश
अ अ+ अ-

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १८औँ वार्षिक साधारणसभा आज (२०८२ पुस ३० गते) राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयर प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको थियो। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय अनुसूचीहरू सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै तीव्र प्रतिस्पर्धी वातावरणमा पनि सेवाभावलाई प्राथमिकतामा राखी दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार, डिजिटल नेपाल अवधारणामा योगदान, विद्युतीय सुशासन सुदृढीकरण र अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माणमा कम्पनी केन्द्रित रहेको बताउनुभयो।

उहाँका अनुसार समीक्षा अवधिमा कम्पनीले कुल ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै करिब ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ। सोही अवधिमा कर तथा शुल्कबापत १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्वका रूपमा बुझाई राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान दिएको छ। आगामी दिनमा मेगा परियोजना सञ्चालन तथा थप पुँजी आवश्यक परे बोनस सेयरसमेत उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

अध्यक्ष अर्यालले डेटा सेवाप्रति बढ्दो ग्राहक आकर्षणलाई दृष्टिगत गर्दै गुणस्तर सुधार र लागत प्रभावीताका माध्यमबाट बजार हिस्सा विस्तार गरिने जानकारी दिनुभयो। राजधानीलगायत ठूला सहरहरूबाट ‘छन’ सेवा चाँडै सुरु गर्ने तयारीमा कम्पनी रहेको उहाँको भनाइ छ।

सेवा विस्तारतर्फ, २०८२ असोज मसान्तसम्म सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा FTTH सेवा विस्तार भइसकेको छ भने ७७ वटै जिल्लामा उच्च गतिको 4G सेवा पुगेको छ। हालसम्म 2G का ४,५४२, 3G का २,९९४ र 4G का ४,४३७ BTS सञ्चालनमा छन्। ग्रामीण दूरसञ्चार विकास कोषको सहयोगमा अप्टिकल फाइबर नेटवर्क विस्तारअन्तर्गत ८,८३४ किलोमिटर नेटवर्क विस्तार गरिएको छ।

साधारणसभामा शेयरधनीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै अध्यक्ष अर्यालले प्राप्त सुझावहरू क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो।

सभाले पारित गरेको लाभांश रकम आजैदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरूलाई वितरण गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।