१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैभन्दा माथि देशः सञ्चारमन्त्री खरेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाई अगाडि बढाउन जात, धर्म, क्षेत्रीयताभन्दा माथि रहेर देशको बारेमा सोच्नु पर्ने बताउनुभएको छ ।

आज प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा नेवाः साधना कला केन्द्रद्वारा आयोजित ‘ज्ञानु राणा एकल साँझ– २०८२’मा मन्त्री खरेलले देशमा युवाले खोजिरहेको परिवर्तनको आवाजलाई सम्बोधन गर्न आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा जेनजी पुस्ताको बलिदान र नेपाल आमालाई मनमा राखेर मतदान गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सबै नेपालीलाई ऐतिहासिक अवसर प्राप्त हुँदैछ, हामीले आवाज उठाइरहेको परिवर्तन हाम्रै मतदानमार्फत सम्भव छ । यो मतदान परिवर्तनका लागि हो । हामीले पाएको अवसरलाई पूर्ण रूपमा सदुपयोग गर्नुपर्छ ।”

मन्त्री खरेलले जेनजी पुस्ताको आन्दोलन पश्चात बनेको सरकारले परिवर्तनको पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले कार्यक्रममा ७६ वर्षीया गायिका ज्ञानु राणाको स्वरको प्रसंशा गर्दै देशले जीवित इतिहास पाएको बताउनुभयो ।

“मैले सुनेको स्वरमा जादु छ, ७६ वर्षको उमेरमा यो स्वर हुनुमा साधना लुकेको छ । म पहिलादेखि नै आदरणीय गायिका राणाको स्वरको प्रशंसक हुँ, आज प्रत्यक्ष सुन्न पाउँदा खुसी लाग्यो”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले नेपाली गीतसङ्गीतमा गायिका राणाले पु-याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो ।