१७ असार २०८३, बुधबार
,
Latest
विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिने- मन्त्री चौलागाईं



फाइल फोटो
अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ ।

पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आज पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको गोरक्षपीठको अवलोकनका क्रममा मन्त्री चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिएको जानकारी दिनुभयो ।

गोरक्षपीठस्थित योगी नरहरिनाथको समाधिस्थलमा रहेको प्रतिमा क्षेत्रलाई आकर्षक स्थलका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

योगी नरहरिनाथले गर्नुभएको योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न लागिएको मन्त्री चौलागाईंले बताउनुभयो ।

गोरक्षपीठ क्षेत्रको बृहत्तर विकास हुनुपर्ने उल्लेख गर्दै उहाँले योगी नरहरिनाथले लेख्नुभएका पुस्तकलाई व्यवस्थित गरी पुनःप्रकाशनका लागि सहयोग जुटाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा त्यस क्षेत्रका सम्पदाको अवस्थाबारेमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा र कोषाध्यक्ष श्रीधर सापकोटाले मन्त्री चौलागाईंलाई जानकारी गराउनुभएको थियो ।रासस




भर्खरै