१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेक्वान्दो लिगमा ढल्को टोली च्याम्पियन



अ+ अ-

काठमाडौँ। काठमाडौँको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा टोली च्याम्पियन बनेको छ । ढल्कोटोले सात स्वर्ण र एक रजत जित्यो ।

जिल्ला समन्वय समिति काठमाडौँको संयोजन, बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा दुई स्वर्ण, तीन रजत र दुई कास्यसाथ नुवाकोटको पोखरी तेक्वान्दो डोजाङ दोस्रो भयो ।

तेस्रो स्थानको काठमाडौँको लैनचौर तेक्वान्दो डोजाङले दुई स्वर्ण, एक रजत र दुई कास्य हात पा¥यो ।थलीस्थित आयोजक कागेश्वरी मनोहरा नगरपालिकाको हातामा भएको प्रतियोगिताको पुरुषमा ढल्कोका अर्पण लामा र महिलामा काठमाडौँको वेस्ट डिभिजनकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी घोषित भइन् । दुईदिने प्रतियोगितामा २२७ खेलाडी विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई नगरप्रमुख उपेन्द्र कार्की, जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा नगरपालिकाले बागमती प्रदेश तेक्वान्दो सङ्घलाई सहयोगस्वरुप ल्यापटप प्रदान गरेको थियो ।

लिगको यो दोस्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौँ प्रतियोगिता हो । यसअघि लिगको पहिलो संस्करणमा चार प्रतियोगिता भएका थिए । लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा तीन महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ । त्यसअन्तर्गत दोस्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ ।

लिगमा हरेक तौल समूहमा पहिलो हुनेलाई १०, दोस्रोलाई सात र तेस्रोलाई तीन अङ्क प्रदान गरिने छ । चारवटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौँले गर्ने जनाइएको छ ।

यस्तै, प्रदर्शनलाई मध्यनजर गरी दोस्रो संस्करणको चौथो लिगको समाप्तिमा हरेक तौल समूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने जनाइएको छ ।