१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश सरकारले गुठी जग्गा व्यवस्थापन गर्दै



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशमा रहेका गुठी जग्गा व्यवस्थापन गर्ने उद्देश्यले मापदण्ड निर्माण गर्न लागिएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार कर्णालीका १० जिल्लामा रहेका गुठी जग्गाहरू मापदण्ड बनाएर व्यवस्थापन गर्न लागिएको मुख्यमन्त्री यामलाल कँडेलले जानकारी दिनुभयो । सङ्घ तथा स्थानीय सरकारसँग समन्वय गरेर नीति, कानुन र मापदण्ड बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

“हाल कर्णालीमा त्यस्ता जग्गा कति छन् भन्ने जानकारी नहुँदा ती जग्गा असुरक्षित भएका भन्दै यो व्यवस्थापन गर्ने कार्ययोजना अगाडि बढाउन लागिएको हो ।

देवालय, शिवालय, मठमन्दिर, चैत्य, गुम्बा, पाटी, धर्मशाला, अनाथालय र पाठशाला रहेको जग्गा अतिक्रमण भएको देखिन्छ ।

यस किसिमका धार्मिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, परोपकारी र स्वास्थ्यसम्बन्धी धरोहरको स्थापना, निर्माण, सञ्चालन र व्यवस्थापनमा प्रदेश सरकारले चासो राखेको छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो । रासस




भर्खरै