१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बत्ती जान थालेपछि निर्देशक शाक्यद्वारा समस्या समाधान गर्न निर्देशन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि बत्ती जानेआउने गरेको भन्दै उपभोक्ताको गुनासो बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्या पत्ता लगाई समाधानका लागि सरोकार भएकालाई निर्देशन दिनुभएको छ ।

उपभोक्तबाट यस्तो गुनासो आउन थालेपछि उहाँल स्थलगत निरीक्षण गर्नुका साथै आज सरोकार भएका पक्षसँग छलफल गर्नुभएको हो ।

समस्या समाधानका लागि शाक्यले बिहीबारदेखि निरन्तर प्रयास जारी राख्नुभएको छ । शुक्रबार पनि करिब १०ः०० बजेतिर आकस्मिक रूपमा निरीक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा पूर्व लगनखेल वितरण केन्द्र र जावलाखेल केन्द्र पुगेर त्यहाँको अवस्थाबारे उहाँले जानकारी लिनुभएको थियो ।

बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र स्युटाचारमा ग्रिडका तथा माथिल्लो तहका कर्मचारीसँगै राखेर उहाँले छलफल गर्नुभएको थियो । छलफलमा उहाँले तत्काल प्राविधिक समस्या पत्ता लगाई समाधानको उपाय खोजी गर्न निर्देशन दिनुभयो ।

निर्देशक शाक्यले भननुभयो, “पछिल्लो समय मुख्य गरेर पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बत्ती जान थालेको भन्दै ग्राहकबाट गुनासो आउन थालेपछि समस्याको जड खोतल्ने र समाधान गर्ने प्रयासका लागि मैले बिहीबार राति अबेरसम्म भार प्रेषण केन्द्र र ग्रिडका माथिल्लो तहका कर्मचारीसँग बसेर छलफल गरेको छु ।”

निर्देशक शाक्यले प्राधिकरणको ध्यान बिजुली दिने मात्रै होइन गुणस्तरीय बिजुली दिनेमा रहेको भन्दै बेलाखबत आउने सामान्य प्राविधिक समस्यालाई हेरेर नआत्तिन उपभोक्तालाई आग्रह गर्दै प्राविधिक समस्या देखिए तत्काल समाधानका लागि प्राधिकरण अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

प्राधिकरणले पनि जाडो बढेसँगै हिटर, एसीलगायत विद्युतीय उपकरण चलाउने क्रम बढेसँगै विद्युत्को माग पनि बढ्न जाने हुँदा कहिलेकाहीँ सामान्य प्राविधिक समस्या देखिन सक्ने भन्दै त्यसलाई समाधान गरेर अघि बढ्ने जानकारी दिएको छ । प्राधिकरणले ‘लोडसेडिङ’ हुन लाग्यो कि भन्ने आशङ्का नलिन पनि सबैलाई आग्रह गरेको छ । रासस




भर्खरै