८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनमा भाग लिन काठमाडौँ कांग्रेसको आह्वान



अ+ अ-

काठमाडौँ।  नेपाली कांग्रेस काठमाडौँ जिल्ला समितिले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गरेको छ ।

कांग्रेस काठमाडौँका जिल्ला सभापति कृष्ण सबुज बानियाँले आज एक विज्ञप्ति जारी गरी विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशन आह्वान भएकाले उक्त महाधिवेशनमा भाग लिन सबैलाई आह्वान गर्नुभएको हो ।

विभिन्न कालखण्डका विषम परिस्थितिमा लोकतन्त्रको रक्षार्थ नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा उभिएको कांग्रेस काठमाडौँले जनाएको छ । सभापति बानियाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् मुलुकमा संवैधानिक शून्यता भएको भन्दै यसको रक्षाका लागि कांग्रेस अग्रमोर्चामा उभिनुपर्ने बताउनुभयो ।

कांग्रेस काठमाडौँले ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले पार्टीको विधानको धारा १७ (२) अनुसार पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान गरेकाले यस महाधिवेशनमा भाग लिन सबैलाई आग्रह गरेको हो ।

सभापति बानियाँले पार्टीको ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई राजधानीमा स्वागत गर्दै महाधिवेशन सफलताको कामना गर्नुभएको छ । रासस