८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विपद् व्यवस्थापनका लागि जनशक्ति तयार

विपद् व्यवस्थापनका लागि जनशक्ति तयार
अ+ अ-

भोजपुर। भोजपुरमा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार पारिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्वर ५ गुल्मले २८ जना जनशक्तिलाई विपद् व्यवस्थापनसम्बन्धी १८ दिने तालिम दिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले विपद्जन्य घटनामा तत्काल प्रतिकार्य, खोज तथा उद्धार गर्न समुदायको क्षमतालाई अभिवृद्धि गरी समुदायको सहभागिता सुनिश्चित गर्दै विपद्जन्य घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न यो तालिमले सहजता प्रदान गरेको बताउनुभयो ।

तालिमका सहभागीलाई आज प्रमाणपत्र वितरण गर्नुहँुदै डिआइजी न्यौपानेले समुदायस्तरमा विपद् व्यवस्थापनमा पहिलो भूमिका समुदायकै नागरिकको हुने बताउनुभयो । तालिम यही पुस २ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको थियो ।

सहभागीलाई विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार, सडक दुर्घटना जोखिम तथा न्यूनीकरणलगायत विविध विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गराइएको सशस्त्रका गुल्म प्रमुख दिव्यराज कोइरालाले जानकारी दिनुभयो ।

भोजपुर नगरपालिकासँगको सहकार्यमा तालिम सञ्चालन भएको हो । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले विपद न्यूनीकरणसँगै विपद्पछि हुन सक्ने सम्भावित जोखिममा पर्ने नागरिकको खोज तथा उद्धारका लागि आयोजना गरिएको तालिम महत्वपूर्ण र फलदायी भएको बताउनुभयो । उहाँले तालिमका क्रममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी राजन पौडेलले यस तालिमबाट प्रशिक्षार्थीलाई प्राप्त हुने सैद्धान्तिक र व्यावहारिक ज्ञानले आगामी दिनमा हुनसक्ने विपद् प्रकोप उद्धारमा महत्वपूर्ण सहयोग हुने बताउनुभयो । उहाँले समुदाय नै पहिलो चरणमा अग्रसर हुन जरुरी रहेको बताउनुभयो ।

विपद्का न्यूनीकरणका सामान्य तरिकाहरु नजानेको अवस्थामा सशस्त्रले सञ्चालन गरेको तालिम प्रभावकारी देखिएको सहभागी भोजपुर नगरपालिका– ५, बोमिखका हरि केसीले बताउनुभयो । सहभागीहरुले सशस्त्र प्रहरीको सहयोगमा विभिन्न जोखिममा फसेकालाई उद्धार गरिएको डेमोसमेत प्रदर्शन गरेका थिए । रासस