१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेस’को ब्रान्ड एम्बासडर



अ+ अ-

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेज’को ‘ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेशनबीच मंगलबार सम्झौता भएको हो ।

नेपाली खेलप्रेमीमाझ लोकप्रिय रहेका क्रिकेटर मल्ल आइसिसी टी–२० विश्वकप–२०२६ का लागि खेल्ने नेपालको १५ सदस्यीय टोलीमा पर्न सफल भएका छन् । लुम्बिनी लायन्समा आबद्ध मल्ल गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट खेल प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका थिए ।

उनी नेपाली सिनियर टोलीबाट पहिलो पटक विश्वकप क्रिकेट खेल्ने भएका छन् । मल्ल यसअघि एनपिएलको पहिलो संस्करण विजेता जनकपुर वोल्ट्समा आवद्ध थिए ।

क्रिकेटर मल्लले गौतम एजुकेशनसँग जोडिन पाउँदा खुशी लागेको बताए । गौतम एजुकेसनका कार्यकारी निर्देशक इन्द्रजीत गौतमले मल्ल जस्तो उदीयमान खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए ।

उनले देशभर विभिन्न जिल्लामा रहेका विद्यालयमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि सहयोग गर्ने योजना रहेको बताए ।