६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल News Polar न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता News Polar पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल News Polar सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची News Polar एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने News Polar घुम्ती गोठमा रमाएका टीकाजीत News Polar शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अध्यागमन प्रणाली सुधार्न संविधानअनुकूल नयाँ ऐन निर्माण गर्नुपर्छः सांसदहरु

अध्यागमन प्रणाली सुधार्न संविधानअनुकूल नयाँ ऐन निर्माण गर्नुपर्छः सांसदहरु
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले संविधान अनुकूल नयाँ अध्यागमन ऐन आवश्यक रहेको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन, २०४९ को कार्यान्वयन र प्रत्योजित विधायनको अवस्थासम्बन्धी छलफलमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

हाल कार्यान्वयनमा रहेको २०४९ सालको अध्यागमन ऐनलाई आफूअनुकूल कार्यान्वयन गर्न समयसमयमा नियमावली, नीति, कार्यादेशमार्फत चलाउने गरेकोप्रति उनीहरुको आपत्ति छ । बैठकमा बोल्दै उहाँले नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले संविधानअनुकूल नयाँ अध्यागमन ऐन निर्माणका लागि समितिले सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । उहाँले नेपालको अध्यागमन प्रणाली एकदमै कमजोर रहेको उल्लेख गर्दै यसको सुधारका लागि कानूनी र संरचनागत सुधारको खाँचो औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय सरकारलाई सचेत गराउनेदेखि लिएर २०७२ सालको संविधानअनुसार नयाँ अध्यागमन ऐनको आवश्यकता देखिन्छ । २०४९ सालको ऐनमा टेकेर विभिन्न नियमावली, नीति र कार्यदेश र सर्कुलर बनाएर चलाएको तथा मन्त्रीस्तरीय निर्णय गरेर पनि चलाएको देखिन्छ । समग्रमा प्रतिवेदन राम्रो छ यसमा थप अध्ययन गर्दै जाँदाखेरी अपुरो विषय देखिएका त्यसमा छलफल गरौँला ।’

नेकपा (एमाले)की सांसद रुक्मिणी कोईरालाले पछिल्लो समय नेपाली नागरिक विदेश जाँदा मात्र नभई नेपाल आउने विदेशी नागरिकको निगरानीका लागि समेत व्यवस्था गरिनु सकारात्मक रहेको बताउनु भयो । उहाँले विदेशी नागरिकको आवागमन नियमन गर्ने व्यवस्था आवश्यक र समयसापेक्ष भएपनि अध्यागमनको सुधारका लागि राज्यले थप कदम चाल्न आवश्यक रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘नेपाली नागरिकलाई बाहिर जाँदाखेरी पनि हेर्ने तर बाहिरबाट आउने विदेशी नागरिकलाई निगरानी गर्ने नियम बनाएको भन्ने बुझियो । यो आवश्यक नै थियो ।’ 

नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साहले भिजिट भिसासम्बन्धी अध्ययन प्रतिवेदनमा अत्यन्तै सुक्ष्म र महत्वपूर्ण सुझावहरू समावेश गरिएको उल्लेख गर्नुभयो । उहाँले नेपालको अध्यागमन अनुगमन कमजोर, नीति अस्पष्ट, तथा जनशक्ति र स्रोतसाधन न्युन रहेको कुरामा राज्य गम्भीर हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो भिजिट भिसाको अध्ययन गर्ने सन्दर्भमा प्रतिवेदनमा एकदम मसिनो गरी सुझाव दिइएको छ । हाम्रो अध्यागमनको अनुगमन एकदमै कमजोर रहेको, नीति अस्पष्ट रहेको, हाम्रो पद्धती समेत एकदमै पुरानो रहेको श्रम शक्ति र स्रोत साधन एकदमै कम भएको र वैदेशिक रोजगारसँग भिजिट भिसा पनि जोडिएको कारण यो एकदमै कमजोर भएको भन्ने जुन समस्याहरु केलाइएको छ यो एकदमै महत्वपूर्ण छ ।’ 

बैठकमा बोल्ने अधिकांश सांसदहरुले नेपालको अध्यागमन प्रणालीको सुधारका लागि कानूनी सुधार र संरचनागत परिवर्तन अपरीहार्य रहेको धारणा राखेका छन् ।