२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठलाख ठगी गर्ने कार्की पक्राउ



अ+ अ-

सोलुखुम्बु । ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरमा पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई हालै पक्राउ गरिएको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको उनले जानकारी दिए।

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको र थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए ।