१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन



अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै आज पनि प्रदर्शन गरेका छन्। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले र्‍याली निकालिएको हो ।

यसैगरी साँचल संघर्ष समिति, विष्णुमति करिडोर (चमति) तदर्थ समिति, संयुक्त खोला मापदण्ड प्रभावित संघर्ष समिति, बागमती(मनोहरा सरोकार समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनीमा ‘फैसला होइन न्याउ देउ, गैर न्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’, ‘खोला नदीको मापदण्ड खारेज गर’ भन्ने नाराका साथ विरोध प्रदर्शन भएको हो।

सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २० / २० मिटर छाडेर मात्र संरक्षण बनाउन पाइने आदेश दिएको थियो। सो निर्णयको खारेजीको माग राख्दै प्रदर्शन गरिएको हो।