२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप



अ+ अ-

देउखुरी । दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिनुभयो ।हरेक हप्ताको सोमबार घोराहीस्थित स्वास्थ्य कार्यालयबाट, हरेक बुधबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट  र हरेक शुक्रबार देउखुरीस्थित सिसहनिया स्वास्थ्य चौकीबाट खोप लगाइने भएको छ ।

बुधबार बसेको कोभिड–१९ खोप समन्वय समिति र अनुगमन समितिको बैठकले वैदेशिक रोजगारीमा जाने वा अन्य कुनै उद्देश्यले विदेश जान लागेकालाई खोप लगाउने निर्णय गरिएको कार्यालयका प्रमुख शाहीले बताउनुभयो । तीन ठाउँबाट कोरोनाविरुद्धको जोनसोन खोप लगाइनेछ । दाङमा तीन लाख ३० हजार ७४१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 

घोराही उपमहानगरपालिकाले १८ वर्षमाथि उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्राको भेरोसेल खोप लगाउँदै छ । पहिलो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाइने भएको छ । यसअघि खोप लगाएका १८ वर्ष माथिकालाई दोस्रो मात्रा र नलगाएकालाई पहिलो खोप लगाउने निर्णय गरिएको हो । पालिकाभित्रका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट  खोप लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुुभयो । अठतीस हजार ५०९ डोज खोप स्वास्थ्य कार्यालयबाट प्राप्त भएको उहाँको भनाइ थियो । 
    
वडा तथा स्वास्थ्य संस्थाले पनि भूगोलअनुसार पायकपर्ने ठाउँमा खोप केन्द्र खेलेका छन् । उपमहानगरपालिकामा अहिलेसम्म एक लाख १० हजार ८१५ जनाले पहिलो डोज र ५० हजार ४९१ जनाले दुुवै डोज खोप लगाएको जनाइएको छ ।