८ भाद्र २०८३, सोमबार
,
Latest
बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रिय कार्यसम्पादन समिति बैठक शुरु



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समिति बैठक शुरु भएको छ । शुक्रवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो ।

महाधिवेशनसम्बन्धी जारी विवादका बीच यो बैठक महत्वपूर्ण मानिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।

बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए। संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ भने विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् । बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

पार्टीभित्रको यो विवादले आगामी निर्वाचनअघि कांग्रेसको नेतृत्व र रणनीतिमा प्रभाव पार्ने देखिन्छ ।