१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाशचन्द्र लोहनी राप्रपाको समानुपातिक सूचीमा परेनन्



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी समानुपातिक बन्दसूचीमा नपर्ने भएका छन् ।

आज कार्यसम्पादन समितिमा समानुपातिक बन्दसूचीमा रहने कि नरहनेबारे भएको भोटिङमा उनी पराजित भएका हुन् ।

भोटिङमा उनको पक्षमा १४ मत परेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । उनको विपक्षमा भने १८ मत परेको छ ।

राप्रपाले यसअघि समानुपातिक प्रणालीमा सांसद बनेकाहरुलाई बन्द सुचीमा नराख्ने निर्णय गरेको थियो । तर, लोहनीले आफू समानुपातिक सूचीमा हुनुपर्ने जिकिर गरेपछि आन्तरिक मतदान गर्ने निर्णय भएको थियो ।