१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ
अ अ+ अ-

महोत्तरी। लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ ।

यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ज्याला गरेर निर्वाह गर्ने वर्ग सकसमा छन् । जाडोमा काममा निस्कन नसकेपछि उनीहरुको दैनिकी नै चलाउन कठिन भएको हो ।

“अहिले त कसैले काममा बोलाउन पनि आउँदैनन्, आफैँ कतै निस्कन पनि आँट आउँदैन”, भङ्गाहा–३ मुसहरीटोलका पराउ सदा भन्नुहुन्छ, “अब घरमा खाने अन्न छैन, के गरी बाँच्ने हो ?”

जिल्लाका सबैजसो स्थानीयतहमा धेरथोर बसोबास रहेका मुसहर जाति समुदायको जीवन गुजाराको मुख्य माध्यम कृषि मजदुरी हो । दैनिक गिरहतकहाँ काम गरेर पाउने पारिश्रमिकले खाने बेजो गर्दै आएका बनिहारा करिब दुई सातादेखि काममा जान नपाएपछि गुजाराको सङ्कटमा परेका हुन् ।

“धान कटनीका बेला एकाध मन धान भएको थियो, कुट्दै खाँदा अब सकियो”, औरही–७ भोइलटिम्कियाका पल्टा सदा भन्नुहुन्छ, “अब झुप्रामा न अन्न छ, न काममा निस्कन पाइएको छ, बौवाबुची भोकभोकै पर्नेभए ।”

करिब समान संस्कृति परम्पराका मुसहर र बाँतरको मुख्य गुजाराको माध्यम कृषि मजदुरी हो । जिल्लामा मुसहरको  १५ वटै स्थानीयतहमा बसोबास भेटिए पनि बाँतर भने भङ्गाहा नगरक्षेत्रमा मात्रै छन् । भङ्गाहा नगर क्षेत्रमा छुट्टाछुट्टै गणना गरिदा मुसहर र बाँतर दुबैगरी बहुसङ्ख्यक समुदाय हो ।

जाडो र भोको पेटले राति निद्रा नलाग्दा सडक छेछाउबाट बटुलिएका प्लाष्टिकका झुत्रा र खरपात बालिएको ‘घूर’ यिनको जाडोको सहारा देखिन्छ । “के गर्नु हजुर ! हामी गरिबको जुनी यस्तै हो”, आफ्नो अवस्थामा चित्त बुझाउँदै भङ्गाहा–४ की हेमनी सदा भन्नुहुन्छ, “खाने बस्ने केही छैन, भगवानले यस्तो जुनी किन दियो होला ?”

मुसहर धन सञ्चय नगर्ने समुदाय मानिन्छन् । बिहान बनी गरेर ल्याएको अन्न आधा खान र आधा बेचेर नुन तेलको जोहो गरेपछि दिउँसो मुसा र माछा मार्न निस्कने मुसहर रातको खानामा यिनै परिकार सबै परिवार एकसाथ वरिपरि बसेर खान्छन् ।

पछिल्ला आठ/नौ दिनदेखि भने यिनीहरुको तालिका मौसमले बिग्रेको छ । “न बनी गर्न जान पाइएको छ, न माछा मार्न”, भङ्गाहा–४ कै पलार बस्तीकी सियानकीदेवी बाँतर भन्नुहुन्छ, “यतिखेर भोट लिएर जितेकाको आस लाग्छ, तर अहिलेसम्म कोही हेर्न आएनन् ।”

जिल्लामा २०७८ को राष्ट्रिय जनगणनाअनुसार मुसहरको जनसङ्ख्या २७ हजार ३५२ रहेको छ । बाँतर भङ्गाहा नगरक्षेत्रमा मात्र हुँदा दुई हजार जति छन् । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने मुसहर अझै जिल्लामा ५० पुगेका छैनन् भने उच्च शिक्षामा त २० पनि नपुगेका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउनुहुन्छ । यिनको उत्थानका लागि पहिलो कुरा शिक्षा भएको हुँदा यिनीहरुलाई आर्थिक कृयाकलापमा जोड्दै शिक्षामा पहुँच बढाउन तीनै तहका सरकारको समन्वयात्मक प्रयत्न आवश्यक रहेको कर्णको ठम्याइ छ ।

अहिले चिसोले बढेको बनिहारा बस्तीको राहतका लागि सम्बन्धित स्थानीयतह र जिल्लास्थित विपद व्यवस्थापन समितिले तत्काल पहलकदमी लिनपर्ने सामाजिक अभियानी बताउँछन् । रासस