१८ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मामा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न



अ+ अ-

याङ्गुन। म्यान्माले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार निर्माण गरेको करिब पाँच बर्षपछि निर्वाचन प्रक्रियालाई अघि बढाएको छ।

घोषित तीन चरणको निर्वाचनको पहिलो चरण आइतबार (डिसेम्बर २८ मा) सम्पन्न भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेदेखि मतदान सुरु भएको र दिउँसो ४ बजेसम्म मतदान भएको याङ्गुनको क्याउकटाडा शहरको एक मतदान केन्द्रका एक निर्वाचन अधिकारीले बताउनुभयो ।

मतदान बन्द भएपछि मतदान केन्द्रमा निर्वाचन कर्मचारी, घरेलु र अन्तर्राष्ट्रिय मिडिया, उम्मेदवारहरू र पर्यवेक्षकहरूको उपस्थितिमा, पिथु ह्लुट्टाव (तल्लो सदन), अम्योथा ह्लुट्टाव (माथिल्लो सदन), र राज्य र क्षेत्र ह्लुट्टाव (राज्य र क्षेत्रीय संसद्हरू) का लागि तीन चरणमा मतदान हुनेछ ।

म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्को सूचना दलका अनुसार पहिलो चरणको निर्वाचनको अनुगमन तथा निरीक्षणका लागि अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण टोलीका १३९ सदस्य तथा कूटनीतिक समुदायका प्रतिनिधि सहभागी थिए ।

म्यान्माको आम निर्वाचन तीन चरणमा हुँदैछ । दोस्रो र तेस्रो चरण क्रमशः जनवरी ११ र जनवरी २५, २०२६ मा निर्धारित गरिएको छ ।

यस चुनावले राष्ट्रव्यापी ६९२ निर्वाचन क्षेत्रमा उल्लिखित तीन संसदहरूको सिटको लागि प्रतिस्पर्धामा उत्रिएका ५७ राजनीतिक दलका लगभग पाँच हजार उम्मेदवारहरूको भाग्यको फैसला गर्नेछ ।

निर्वाचन आयोगका अनुसार मुलुकभर निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न २१ हजार ५१७ मतदान केन्द्र तोकिएको छ ।

मतदानका सबै चरण सकिएपछि अन्तिम निर्वाचन परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ । म्यान्मामा पछिल्लो पटक सन् २०२० को नोभेम्बरमा आम निर्वाचन भएको थियो । (रासस/एएफपी)