१८ असार २०८३, बिहीबार
,
Latest
पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिदैँ, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण



अ+ अ-

मुस्ताङ। जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको छ ।

नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान केन्द्रको शाखा मुस्ताङ सामुदायिक आँखा केन्द्र जोमसोमले सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म चार हजार २१० जनाको आँखा परीक्षण गरेको हो ।

सन् २००९ देखि सामुदायिक आँखा केन्द्रले यहाँ आँखासम्बन्धी  सेवा प्रवाह दिँदै आएको छ । आज यहाँको प्रादेशिक अस्पताल जोमसोममा आयोजित केन्द्रको वार्षिक कार्यप्रगति समीक्षा तथा वार्षिक लेखापरीक्षण समीक्षा बैठकमा केन्द्र प्रमुख एवं नेत्र अधिकृत रमिला नेपालीले कार्यप्रगतिबारे जानकारी दिनुभयो ।

उहाँले स्थापनाकालदेखि १६ वर्षको अवधिमा जिल्लामा १८ हजारभन्दा बढीको आँखा परीक्षण र ५३५ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

नेत्र अधिकृत नेपालीले भन्नुभयो,“हामीले स्थानीय नागरिकलाई चौबिसै घण्टा ‘इमरजेन्सी’ सेवा प्रवाह गरिरहेका छौँ । बहिरङ्ग सेवा (ओपिडी) तर्फ दृष्टि परीक्षण, आँखा जाँच, चस्मा जाँच, सुपथ मूल्यमा चस्मा बनाउने र औषधि सेवा दिनेलगायत काम भइरहेका छन् । यसका साथै बर्सेनि नेत्र रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको सहयोगमा जिल्लाका पाँचैवटा स्थानीय तहमा आलोपालो आँखाको शल्यक्रिया शिविर सञ्चालन गर्दै आएका छौँ ।”

केन्द्रमा हाल एक जना नेत्र अधिकृत र एक जना अप्टिकल फिडरलगायत कर्मचारी कार्यरत छन् ।रासस