१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

व्यावसायिक र विश्वासनीय पत्रकारितामा जोड

व्यावसायिक र विश्वासनीय पत्रकारितामा जोड
अ अ+ अ-

गण्डकी। व्यावसायिक र विश्वासनीय पत्रकारिताका लागि आमसञ्चार क्षेत्रमा विकसित अवधारणालाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज कास्कीको पोखरामा आयोजित ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमका वक्ताहरुले पत्रकारिता क्षेत्रको दिगो विकासका लागि नीतिगत, संरचनागत र व्यावसायिक सुधारको खाँचो औँल्याउनुभएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले आमसञ्चार माध्यममा डिजिटल रुपान्तरण आवश्यक रहेको बताउनुभयो । उहाँले विषयवस्तु, प्रस्तुतीकरण, उपकरण÷प्रविधिमा नयाँपन र पहुँचयोग्य हुन नसके सञ्चारमाध्यमको अस्तित्व सङ्कटमा पर्ने धारणा राख्नुभयो ।

“यो डिजिटल मिडियाको युग हो, अनलाइन न्यूजपोर्टल, युट्युब जस्ता माध्यम अहिले मूल धारका डिजिटल सञ्चारमाध्यमका रुपमा स्थापित भइरहेका छन्”, उहाँले भन्नुभयो, “पत्रपत्रिका, रेडियो जस्ता परम्परागत सञ्चार माध्यम अब डिजिटल माध्यममा जानु आवश्यक छ ।”

मन्त्री खरेलले समाचार र सन्देशमूलक सामग्री सम्प्रेषण गर्ने युट्युबलाई दर्ता र सूचीकरण गर्ने काम सुरु गरिएको बताउनुभयो । आमसञ्चारसँग सम्बन्धित ऐन÷कानुनको संशोधन र परिमार्जन आवश्यक रहेको भन्दै उहाँले यस क्षेत्रमा नीतिगत सुधारका लागि सरकारले पहल थालेको बताउनुभयो ।

“एफएम रेडियोलाई विद्युत् महसुलमा छुट उपलब्ध गराउन प्रक्रिया अगाडि बढेको छ, अन्य सञ्चारमाध्यमलाई सरकारले सहुलियत दिन्छ”, मन्त्री खरेलले भन्नुभयो, “सञ्चारमाध्यमको दर्ता, नवीकरण जस्ता सेवा पनि प्रदेश र जिल्लास्तरबाटै गर्न सङ्घीय सरकारले आवश्यक सहयोग र सहजीकरण गर्छ ।”

मन्त्री खरेलले नेपालमा सञ्चारमाध्यमको सङ्ख्या आवश्यकताभन्दा धेरै भएको उल्लेख गर्दै सञ्चारमाध्यम ‘मर्ज’ को प्रक्रियामा जानुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव राधिका अर्यालले प्रविधिको विकासले पत्रकारितामा अवसरसँगै चुनौती सिर्जना गरेको बताउनुभयो । “डिजिटल मिडियाको नियमन र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ, मिडियासँग सम्बन्धित कानुनलाई समयानुकूल संशोधन गर्नु जरुरी छ”, उहाँले भन्नुभयो, “आमसञ्चार क्षेत्रलाई सरकारले कुनै हस्तक्षेप नगरी स्वतन्त्र र व्यावसायिक अभ्यास हुने वातावरण सिर्जना गर्छ ।”

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डण्डुराज घिमिरेले मर्यादा र मूल्यमान्यता विपरीत पत्रकारिता अभ्यास हुँदै गएमा आमसञ्चार माध्यमप्रति जनविश्वास घट्ने धारणा राख्नुभयो । उहाँले प्रदेशभित्रका सञ्चारमाध्यमको विकास र सबलीकरणमा प्रदेश सरकारले सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकलाई सुसूचित गर्न र लोकतन्त्रको सुदृढीकरणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारको व्यावसायिक हकहितका लागि राज्यले पहल लिनुपर्ने धारणा राख्नुभयो । सङ्घीयताको ढाँचाअनुसार मिडियासँग सम्बन्धित काम र सेवालाई पनि विकेन्द्रीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष माधव बरालले पत्रकारको श्रम सुरक्षाको विषय महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मिडियाको समयसापेक्ष रुपान्तरणका लागि सीप, प्रविधि र जनशक्तिमा लगानी बढाउनुपर्ने बताउनुभयो । सञ्चारमाध्यमको आर्थिक दिगोपनामा राज्यले सहयोगी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उदयबहादुर रानामगर र प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारीले सम्बन्धित कार्यालयको सेवा प्रवाहका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति र जिल्ला शाखाका पदाधिकारीलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।रासस