१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्वपूर्णः मन्त्री घिसिङ

पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्वपूर्णः मन्त्री घिसिङ
अ अ+ अ-

कास्की। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासका लागि अन्य देशसँगको सडक र हवाई कनेक्टिभिटी महत्वपूर्ण रहेको बताउनुभएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा आजदेखि सुरु भएको २७औँ संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री घिसिङले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

“पोखराको विकासका लागि चीनको कोरला नाकासम्मको सडक सञ्जाल र पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान हुनु आवश्यक छ । एयर कनेन्टिभिटीलाई सरकारले प्राथमिकता दिएको छ ।

यो जियोपोलिटिक्स कुरासमेत हो । अब आउने सरकारले यस विषयलाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्छ । पर्यटकीय सहरमा एयरपोर्ट सञ्चालन गर्दा यहाँको पर्यटनलाई ठूलो मद्दत पुग्छ”, मन्त्री घिसिङले भन्नुभयो ।

पोखरादेखि मुस्ताङस्थित चीनको कोरला नाकासम्म सडक सुधार र कालोपत्र गर्ने काम भइरहेकाले आगामी दिनमा यहाँको पर्यटन विकास तथा चीनसँगको व्यापारमा योगदान पुग्ने उहाँले बताउनुभयो । मुस्ताङबाट कोरलासम्म ५० किमी सडक कालोपत्र गर्न अर्थमन्त्रालयसँगको सहमतिमा टेण्डर प्रक्रिया अघि बढाइएको मन्त्री घिसिङले जानकारी दिनुभयो ।

मन्त्री घिसिङले पोखराका कुँडहरदेखि लेकसाइडसम्मको सडकको विद्युत्को तार भूमिगत गर्ने काम भइरहेको बताउनुभयो । उहाँले पोल र तार हटाएर सुन्दर पोखरा अभियान बनाउन सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

पर्यटनको हव पोखरामा पर्यटकीय पूर्वाधारका लागि धेरै काम गर्नुपर्ने भए पनि सङ्घीय सरकारले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल र मनाङका पर्यटकीयस्थलसम्म ग्रिड कनेक्टिभिटीका क्षेत्रमा काम गरेको मन्त्री घिसिङको भनाइ थियो । फेवाताल, रुपाताल र बेगनास तालको संरक्षण तथा सम्वर्द्धनका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटन विकासका लागि प्रदेश सरकारले घरवास कार्यक्रम, पर्यटकीय पूर्वाधार निर्माण र गन्तव्यहरुको प्रवर्द्धन गर्न काम गरिरहेको बताउनुभयो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान नियमित बनाउनका लागि पहल गर्न मन्त्री घिसिङसँग आग्रह गर्नुभयो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागतार्थ फेवाताल किनार लेकसाइडको खहरेदेखि अम्बोटसम्मको साढे तीन किमी क्षेत्रमा यही पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवबाट गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विषम परिस्थिति र सङ्कटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको रेवानका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।

हरेक सङ्कटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव फलदायी हुने आयोजकको विश्वास छ ।

महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारको प्रदर्शनलगायत रहेका महोत्सवका संयोजक वसन्त गौतमले बताउनुभयो । रासस