१६ श्रावण २०८३, शनिबार
,
Latest
सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु



फाइल फोटो
अ+ अ-

काभ्रेपलाञ्चोक। न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक ‘जिल्लाव्यापी भेट्रान पुरुष भलिबल प्रतियोगिता–२०८२’ आजदेखि सुरु भएको छ । प्रतियोगितामा ४१ वर्ष माथिका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

जिल्लाका छ समूह सहभागी प्रतियोगिताको पहिलो खेल आज ज्वालाभूमी युवा क्लब र लड्केश्वर युवा क्लबबीच भएको थियो । सो प्रतिस्पर्धामा ज्वालाभूमिलाई लड्केश्वर युवा क्लबले १८–२५ र २३–२५ को सोझो सेटमा पराजित गरेको छ । दोस्रो खेलमा शारदादेवी युवा क्बले रोशी युवा क्लबलाई २५–१५ र २५–१४ को सोझो सेटमा पराजित गरेको छ ।

प्रतियोगिताको समापन पुस १५ गते हुनेछ । समूह ‘क’ मा ज्वालाभूमि युवा क्लब, लड्केश्वर युवा क्लब र समूह ‘ख’ मा रोशी युवा क्लब, शारदादेवी युवा क्लब र न्यू गौखुरेश्वर युवा क्लब रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु २० हजार ५०५ नगद प्रदान गरिने जनाइएको छ । त्यसैगरी द्वितीय पुरस्कार रु १० हजार ५५५ र तेस्रो हुनेले रु पाँच हजार ५५५ ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्स, वेष्ट सटर, वेष्ट ब्लकर, सर्वोत्कृष्ट खेलाडीसहितलाई पुरस्कार उपलब्ध हुने आयोजकले जनाएको छ । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ को व्यवस्था गरिएको छ ।

प्रतियोगिताको नगर उपप्रमुख निराजन जङ्गमले उद्घाटन गर्दै खेल र स्वास्थ्यसँग राष्ट्र र नागरिकको भविष्य जोडिएकाले स्थानीय सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।रासस