१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु

सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु
अ अ+ अ-

सुर्खेत। सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी निर्माण हुने भएको छ ।

आज यहाँ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उक्त पोखरी निर्माणकार्य शुभारम्भ गनुभयो । उहाँले विपद्का घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले बढ्दो सहरीकरणका कारण आगजनीका घटना दिनप्रति दिन बढिरहेकाले हेलिकप्टरसहित दमकलबाट अग्नी नियन्त्रण गर्न पोखरी निर्माणले सहज हुने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले विपद् न्यूनीकरण गर्न नेपाली सेनालगायत सुरक्षा निकायहरूसँग सहकार्य गरिरहेको बताउँदै विपद् न्यूनीकरणमा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

प्रदेश सरकारले नेपाली सेनासँगको सहकार्यमा पोखरी निर्माण गर्न लागेको हो । विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरवेशको हाताभित्र निर्माण हुने पोखरीबाट आगलागीका बेला हेलिकप्टरमार्फत पानी भरेर आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त प्रविधिलाई ‘बम्वी बकेट’ भनिन्छ यसको अर्थ  हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर डढेलो वा आगलागी नियन्त्रण गरिन्छ । उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने पोखरीको लागत रु ९९ लाख ९६ हजार २०० रहने उपसचिव गौतमले जानकारी दिनुभयो

निर्माण शुभारम्भ गर्न आयोजित कार्यक्रम प्रमुख सचिव वीरेन्द्रकुमार यादव, पश्चिम पृतनाका सहायक रथी,  सञ्जयकुमार रञ्जित, नं ४ बाहिनी नेपालगञ्जका बाहनीपति  दिनेशजङ्ग शाह, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी माधव श्रेष्ठ लगायतको उपस्थिति थियो । रासस