१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

स्रोतसाधनको यथार्थ मूल्याङ्कनका आधारमा योजना तय गर्न सुझाव

स्रोतसाधनको यथार्थ मूल्याङ्कनका आधारमा योजना तय गर्न सुझाव
अ अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना (२०८३/८४–२०८७/८८)को अवधारणपत्र तयारीका लागि सरोकार भएका पक्षहरूसँग छलफल गरिएको छ ।

प्रदेश नीति तथा योजना आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रदेशको विकासका लागि आवधिक योजनामा समेट्नुपर्ने प्राथमिक विषयबारे विज्ञहरूबाट सुझाव सङ्कलनका लागि छलफल गरिएको हो ।

विज्ञहरूले प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि, परिमाणात्मक लक्ष्यको प्रगति, प्रदेशको भौगोलिक, सामाजिक, आर्थिक विशेषता र स्रोत–साधनको यथार्थ मूल्याङ्कनका आधारमा योजनाहरू तय गर्नुपर्नेमा सुझाव दिएका छन् ।

धेरैजसो विज्ञहरूले निरपेक्ष तथा बहुआयामिक गरिबी, रोजगारी अवसर र आम्दानीका स्रोत, मानव विकास सूचकाङ्कमा अझै पनि सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा कमजोर रहेको भन्दै त्यसमा सुधार ल्याउनेज्ञगरी योजना बनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूका अनुसार पर्यटकीय, मानव संशाधन, प्राकृतिक रूपमा सुदूरपश्चिममा पर्याप्त सम्भावना छन्, तर तिनको उपयोग गर्न सकिएको छैन । विगतमा केन्द्र सरकारले उपेक्षा गर्दा विकासमा पछाडि परियो, सङ्घीयता आइसकेपछि पनि हामीले दीर्घकालीन रूपान्तरणकारी योजनामा लगानी गर्नुपर्नेमा जोड दिइएको छ ।

अब तीनै तहका सरकारका साथै निजी क्षेत्र, अन्तरराष्ट्रिय विकास साझेदारहरूसमेतको सहकार्यमा रूपान्तरणकारी योजनामा लगानी गर्ने वातावरण बनाएर जनताको जीवनसँग जोडिएका योजनामा लगानीको आधार बनाउनुपर्नेमा उहाँहरूको जोड छ ।

कार्यक्रममा नेपाल सरकारका कृषि विकास सचिव राजेन्द्रप्रसाद मिश्रले तथ्य, तथ्याङ्क र आवश्यकताअनुसार नीति तथा योजना समायोजन गर्न अपरिहार्य रहेको बताउनुभयो । उहाँले कृषि, पशुपालन, स्वास्थ्य र शिक्षाका पूर्वाधारमा लगानी गर्नसके मान्छेलाई गाउँमै बस्ने र अवसरहरूबाट लाभ लिनसक्ने अवस्था बन्ने भन्दै अबको योजनाले यसतर्फ आधार तयार गर्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य सुशील भट्टले देशको आर्थिक अवस्था र बजारमा देखिएको आर्थिक सङ्कुचनका कारण वार्षिक बजेटसमेत थप खुम्चिने अवस्था आउने भन्दै सोहीअनुसार प्रदेशका विकास आयोजनामा लगानी आधार स्पष्ट गर्नुपर्ने बताउनुभयो ।

आयोगका पूर्वसदस्य प्रेमबहादुर कुँवरले सेती लोकमार्ग निर्माण हुनसके सुदूरपश्चिममा मात्र नभई सिङ्गो देशले नै लाभ लिने भन्दै त्यसमा लगानीका लागि आग्रह गर्नुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमट्टाले नेपाली खेलकुद क्षेत्रमा सुदूरपश्चिमका खेलाडीले महत्त्वपूर्ण योगदान दिए पनि प्रदेशमा पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनका लागि काम हुन नसकेको बताउनुभयो ।

उहाँले हालैको नेपाल प्रिमियर लिग खेलेका ९० मध्ये २४ जना सुदूरपश्चिमकै रहेको, विभिन्न विधामा त्यही क्षेत्रबाट ओलम्पियन बनेका र दर्शकहरूको उत्साह पनि बढिरहेको भन्दै प्रदेशमै खेल पूर्वाधारमा लागनी गर्न आग्रह गर्नुभयो । ओलम्पियन दीपक विष्टले पनि खेल क्षेत्रमा लगानी प्रवर्द्धन र खेलाडी प्रोत्साहनको स्पष्ट नीति अगाडि सार्न सुझाव दिनुभयो ।

विज्ञहरू डा लक्ष्मीराज पाठक, डा अम्मरराज जोशी, डा गोविन्दराज जोशी, शेरबहादुर शाही, ई झप्परसिंह विश्वकर्मा, अनुपराज उपाध्याय, गणेशदत्त भट्टलगायतले विभिन्न सुझाव दिनुभएको थियो ।

पूर्वमन्त्री बद्री पाण्डे, लेखराज भट्ट, भानुभक्त जोशी, सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, नेतृ निरु पाल, अफिलाल ओखेडालगायतले विकासमा राजनीति गर्न नहुनेमा जोड दिँदै दीर्घकालीन महत्त्वका योजनामा लगानी गर्न र त्यस्ता अधुरा योजनालाई पूर्णता दिनेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले विज्ञहरूबाट आएका सुझावलाई योजनामा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामीले प्रदेशको विकासका लागि बनाइएको पहिलो पञ्चवर्षीय योजना कार्यान्वयन गरिसकेका छौँ ।

त्यसले हामी कहाँ छौँ, केके उपलब्धि भए र अब के गर्नुपर्छ भन्ने केही सिकाइ भएका छन्”, उहाँले भन्नुभयो, “विगतका सिकाइ र दोस्रो योजना निर्माणका क्रममा आएका सुझावलाई समेटेर थप प्रभावकारी बनाउने छौँ । विज्ञको सुझावका आधारमा कार्यान्वयनयोग्य योजना तुर्जमा गर्नेछौँ र त्यसले प्रदेशको विकासको गतिलाई एउटा आकार दिने छ ।”

आयोगले समष्टिगत आर्थिक क्षेत्र, आर्थिक विकास, पूर्वाधार, सुशासन र अन्तरसम्बन्धित विषय पाँचवटा क्षेत्रमा रहेका विभिन्न उपक्षेत्र प्रस्ताव गर्दै सुझावका लागि आग्रह गरेको थियो । रासस