१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

घार र मह बेचेर मनग्य आम्दानी

घार र मह बेचेर मनग्य आम्दानी
अ अ+ अ-

कास्की। महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा नेपालका प्रायःजसो ठाउँमा व्यावसायिक रुपमा मौरीपालन गर्ने क्रम बढेको छ ।

यसै क्रममा विदेशलाई कर्मथलो बनाइ आफ्नो दैनिकी चलाउँदै आउनुभएका पोखरा–२६ बुढीबजारका ३८ वर्षीय रमेशराज पौडेलले विदेश छाडेर स्वदेशमै केही गर्नुपर्छ भन्दै आठ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन सुरु गर्नुभएको छ । उहाँ अहिले उदाहरणीय मौरीपालक किसानको रुपमा परिचित हुनुहुन्छ ।

“छ वर्ष अरबमा बसेर आए, त्यहाँ काम गर्दा मुस्किलले रु ५० हजार तलब हुन्थ्यो । त्यो परिवार पाल्दैमा सहिन्थ्यो, बचत हुँदैनथ्यो । मौरीपालनमा लागेपछि सुरुका वर्षमा कम आम्दानी भए तीन चार वर्षदेखि वार्षिक रु १५ लाख आम्दानी हुन्छ,” पौडेलले भन्नुभयो, “मह र मौरीसहितको घार बिक्री गरी यति बेला मासिक रु एक लाखभन्दा बढी आन्दानी हुन्छ ।”

आठ वर्षअघि पाँच घारबाट मौरीपालन व्यपवसाय सुरु गर्नुभएका पौडेलका अहिले पोखरा–२६ को बुढीबजार, ढुङ्गनाथर, पोखरा–२८ कालिकास्थित धुँवाखोला र पोखरा–२१ को कृस्तीस्थित फेदीपाटन गरी चार स्थानमा मौरीका २०० घार छन् । आठ वर्षअघि रु पाँच लाखको लागतमा पोखरा–२६ को बुढीबजारमा सक्षम बि फार्मिङ सञ्चालन गर्नुभएका पौडेलको अहिले त्यो लगानी बढेर रु २५ लाख पुगेको छ । त्यो लगानी मह र घार बिक्रीबाट नै गर्न सकिएको हो ।

पौडेलको फार्मिङमा अहिले पाँच जना कामदार छन् । अघिल्लो वर्ष मात्र पौडेलले रु १० हजारका दरले एक हजार मौरी घार बिक्री गर्नुभएको थियो भने दुई हजार किलो मह बिक्री गर्नुभएको थियो । अहिले बजारमा प्रति किलो मह रु एक हजार ५०० मा बिक्री हुने गरेको छ । मेलीफेरा र सेराना जातका मौरीपालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ ।

सेरानाजातको मौरी पाल्दै आउनुभएका पौडेलले यो मौरीले सबैथरिका फूलको रस चुसेर मह बनाउने भएकाले यो मह स्वादिलो र उपभोक्ताले पनि यही खोज्ने गरेका छन् ।

“यो महको बजार पोखरा नै हो, बाहिर लैजानुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “वार्षिक एक घारबाट ३५–४० किलोसम्म मह उत्पादन हुन्छ, यो मह पाँच वर्षसम्म बिग्रिदैन, पुरानो महमा औषधीय गुणसमेत हुन्छ ।”

व्यावसायिक मह उत्पादनमा लाग्नुभएका पौडेलले कृषि सञ्जाल निर्माण गरी आफ्नो गाउँ रनगरका धेरै किसानलाई मौरीपालनमा आकर्षित गर्ने काममा जुट्नुभएको छ ।

महको माग पु¥याउन कठिन भएको अवस्थामा बढी किसानले मह उत्पादन गरुन् भन्ने उहाँको उद्देश्य छ । युवा विदेश जानुभन्दा स्वदेशमा नै व्यावसायिक कृषिमा लागे भने विदेशको तुलनामा स्वदेशमा नै बढी आम्दानी गर्न सकिने पौडेलले बताउनुभयो ।

गेदावरीको तालिमले मौरी व्यवसायतर्फ आकर्षित गरेको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कास्कीमा मात्र चार हजार घार र ६०–७० व्यावयायिक मौरीपालक किसान छन् ।”

चरन विकास गर्दा नेपालले मौरीबाटै वार्षिक १० लाख टन मह उत्पादन गर्न सकिने मौरी विज्ञ टेकमान गुरुङले बताउनुभयो । सरकारले यो पक्षलाई हेरेर मौरीपालनसम्बन्धी व्यावहारिक नीति बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहको सरकारले मौरीपालन र मह उत्पादनसम्बन्धी थुप्रै कार्यक्रम तथा तालिम सञ्चालन गर्न आवश्यक छ ।”रासस