१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

शिशुको सफल उपचार

शिशुको सफल उपचार
अ अ+ अ-

सङ्खुवासभा। जिल्ला अस्पतालमा पहिलो पटक अत्यन्त कम तौल तथा समयपूर्व जन्मिएको नवजात शिशुको सफल उपचार भएको छ । उक्त सफलताले दुर्गम जिल्लामा स्वास्थ्य सेवाप्रति भरोसा बढाएको छ ।

सात महिनामै जन्मिएका एक किलो ७५० ग्राम तौलको नवजात शिशुको अवस्था जटिल बनेको थियो । अस्पतालका अनुसार शिशुमा श्वासप्रश्वासको समस्या देखिएपछि तत्काल भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।

प्रारम्भिक उपचारका क्रममा तौल घटेर एक किलो ५०० ग्राम पुगेपछि थप विशेषज्ञ उपचारका लागि शिशुलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो ।

नोबेल मेडिकल कलेजमा सात दिन भेन्टिलेटरमा राखी उपचार गराएपछि शिशुलाई पुनः जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको थियो । अस्पतालमा हालै जडान गरिएको अत्याधुनिक इन्क्युबेटरमा राखी निरन्तर निगरानीसहित उपचार सुरु गरिएपछि शिशुको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आएको उपचारमा संलग्न चिकित्सक टोलीले जनाएको छ ।

बालरोग विशेषज्ञ डा शान्ति शिवाकोटीका अनुसार शिशुलाई दुई दिन एनआइसीयुमा विशेष निगरानीमा राखिएको थियो भने १८ दिनसम्म इन्क्युबेटरमा राखेर सघन उपचार गरिएको हो ।

नर्सिङ टोलीको निरन्तर हेरचाहका कारण हाल शिशुको तौल बढेर एक किलो नौ सय ग्राम पुगेको उहाँले जानकारी दिनुभयो । इन्क्युबेटरको सुविधा नभएको भए जिल्लामै शिशुको उपचार सम्भव नहुने उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमै उपचार सम्भव हुने जानकारी पाएपछि परिवारले आफ्नै जिम्मेवारीमा विराटनगरबाट शिशुलाई खाँदबारी ल्याएर उपचार गराएका थिए ।

अस्पताल प्रशासनका अनुसार उक्त शिशुको सम्पूर्ण उपचार निःशुल्क रूपमा गरिएको जानकारी दिएको छ । सभापोखरी गाउँपालिका–१ धुपुकीकी १७ वर्षीया प्रविना लिम्बूले गत मङ्सिर ८ गते शिशुलाई जन्म दिनुभएको थियो । करिब एक महिनासम्मको उपचारपछि आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य बनेपछि बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

जिल्ला अस्पतालले हालै नर्सिङ ट्रस्ट बेलायतबाट दुई अत्याधुनिक इन्क्युबेटर प्राप्त गरेको थियो । अस्पताल प्रमुख डा सन्तोष देवका अनुसार यी उपकरण प्राप्त भएपछि समयपूर्व जन्मिने तथा कम तौलका शिशुको उपचार स्थानीयस्तरमै सम्भव भएको छ ।

यसअघि यस्ता जटिल अवस्थाका शिशुलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेकामा अब भने जिल्लामै सुरक्षित वातावरणमा उपचार गर्न सकिने भएकाले नवजात शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो ।रासस