१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुलुुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छ’



फाइल फोटो
अ+ अ-

काठमाडौँ। ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको मार्गमा अघि बढाउन नयाँ पुस्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

आज यहाँ आयोजित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन समारोहमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहनुभएका मन्त्री घिसिङले वर्तमान राजनीतिक अवस्था परिवर्तनको निर्णायक मोडमा रहेको उल्लेख गर्दै युवा र नयाँ राजनीतिक शक्तिहरूबीचको एकताले मात्र देशलाई सही दिशामा लैजान सक्ने बताउनुभयो ।

संरक्षक घिसिङले पछिल्लो समय देखिएको जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक चेतनालाई सकारात्मक दिशामा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछिको उत्पन्न परिस्थितिले देशमा परिवर्तनको चाहना प्रष्ट देखिएको छ । यसलाई सुशासन र समृद्धिको दिशामा लैजान युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।”

उहाँले वर्तमान सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउन पूर्ण रूपमा कटिबद्ध रहेको उल्लेख गर्दै सो निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रियाभन्दा पनि नयाँ राजनीतिक शक्तिहरूको उदयको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्यायले पार्टी देशलाई समृद्धिको बाटोमा डो¥याउने अभियानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उज्यालो नेपाल पार्टीले सुशासन, पारदर्शिता, विकास र युवामैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने उल्लेख गर्नुभयो ।रासस