१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

निर्माणाधीन कमला पुल निरीक्षणमा मन्त्री गुप्ता

निर्माणाधीन कमला पुल निरीक्षणमा मन्त्री गुप्ता
फाइल फोटो
अ अ+ अ-

सिरहा। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हुलाकी सडकअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको निर्माणाधीन पुल समयमै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।

आज पुल निरीक्षण गर्दै मन्त्री गुप्ताले भन्नुभयो, “पुल निर्माण तीव्र गतिमा भइरहेको पाएँ, नयाँ पुल बनाउन समय लाग्छ, अहिले यही पुलको काम छिटो पूरागरी सञ्चालनमा आउनुपर्छ ।”

निरीक्षणका क्रममा मधेस प्रदेशका जेनजी संयोजक शिव यादवले पुलको अवस्थाबारे जानकारी गराउनुभएको थियो । निरीक्षणपछि मन्त्री गुप्ताले एक महिनाभित्र चारपाङ्ग्रे सवारी सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय युवा सन्तोष यादवले मन्त्री गुप्ताको निरीक्षणपछि पुल निर्माणले गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । यसअघि मन्त्री गुप्ताको पहलमा गत मङ्सिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पनि पुलको स्थलगत निरीक्षण गर्नुभएको थियो । त्यस क्रममा मन्त्री घिसिङले निर्माण कम्पनीलाई चाँडै पुल सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

विसं २०६८ मा तीन वर्षभित्र निर्माण सक्ने सम्झौता भए पनि पटकपटक म्याद थपिँदा १३ वर्ष बितिसक्दा पनि पुल अधुरै छ । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी विल्डर्सले गर्दै आएको छ ।

विसं २०७८ असार १७ को बाढीले पुलका दुई जग भासिँदा थप क्षति भएको थियो । कूल ४६९ मिटर लामो पुलको हाल ८३ प्रतिशत भौतिक र ८२ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ । रासस