१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा
अ अ+ अ-

काठमाडौं। नेपालगन्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयतामा नेपालबाट सुचिकृत हुने बढी उमेरका एकमात्र धावक बनेका छन् ।

गत मंसिर २२ गते सम्पन्न ११औं धारा नेपालगन्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किमी दूरी ४ घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि तामाङको नाम विश्व वरीयतामा लेखिएको हो । उनको जन्म २०१५ असार २७ गते भएको थियो ।

संसारका उत्कृष्ट म्याराथन रेसहरुलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वर्ल्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समूहका धावकहरुको सुचिकृत गर्दै वरियताक्रम निर्धारण गर्दछ । साथै मेजर म्याराथनको नतिजा र इलाईट रनरहरुको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृत समेत गर्दछ ।

वर्ल्ड म्याराथन मेजर्सको ६५–६९ बर्ष उमेर समूहमा नेपालबाट एकमात्र धावक तामाङ विश्व वरीयताको २ हजार ६ सय ७८ नम्बरमा रहेका छन् ।

तामाङले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ निवासी हुन् । तामाङको उपलब्धिमा वडा नं १२का अध्यक्ष तरुण बज्राचार्यले खुशी व्यक्त गरे ।

‘६८ बर्षको उमेरमा पनि मंगले दाइले प्राप्त गरेको उपलब्धि वडाको मात्र नभई सिंगो सहरको लागि गर्वको बिषय हो ।’ उनले भने –‘यसले दौड संस्कृतिको विकासमा टेवा पुग्छ, समाजलाई स्वस्थ बनाउन सघाउँछ, साथै नेपालगन्जलाई अन्तर्राष्ट्रिय मन्चमा स्थापित गर्दै जान्छ ।’

त्यसैगरी सिकागो म्याराथनमा ३ घन्ट ३३ मिनेट ०८ सेकेन्डको समय निकालेका नेपालका अशोककुमार चापागाईं ६०–६४ बर्ष उमेर समूहमा विश्व वरीयताको १ हजार ७ सय ३ नम्बरमा छन् ।

त्यस्तै नेपालगन्ज म्याराथनमा ३ घन्टा ४५ मिनेट १२ सेकेन्ड समयमा दूरी पुरा गरेका रमेश शाक्य ५५–५९ बर्ष उमेर समुहमा विश्व वरियताको ७ हजार ३ सय ३४ स्थान र आबुधावी म्याराथनमा ४ घन्टा ३० मिनेट ५० सेकेन्डको समय निकालेका देबकुमार कुवँर १६‌ हजार ८३ औं स्थानमा छन् ।

५०–५४ बर्ष उमेर समुहमा नेपालबाट पाण्डव महतो ३ घन्टा ०६ मिनेट ४५ सेकेन्ड समयका साथ २ हजार ६ सय ९८, उमेश मानन्धर ३ घन्टा ५२ मिनेट ३६ सेकेन्ड समयसहित १६ हजार ८० औं, युवराज खनाल ३ घन्टा ५४ मिनेट ४८ सेकेन्ड समयसहित १६ हजार ९ सय ३०, भरतकुमार श्रेष्ठ ४ घन्टा ०६ मिनेट ३० सेकेन्डसहित २१ हजार १४ औं स्थान, टीबहादुर हमाल ४ घन्टा ३० मिनेट ४९ सेकेन्डसहित २७ हजार ६ सय ९९ र राजेश श्रेष्ठ ४ घन्टा ४१ मिनेट ४२ सेकेन्डसमयका साथ ३० हजार ७२ औँ वरीयतामा छन् ।

यसमा पाण्डव, युवराज र राजेशले न्युयोर्क सिटी म्याराथन, हमालले आबुधावी र भरतले नेपालगन्ज म्याराथनमा दौडिएका थिए । भरत बाँकेको खजुराका बासिन्दा हुन् ।

त्यस्तै ४५–४९ बर्ष उमेरसमुहमा सुशील कुमार श्रेष्ठ, कुमारप्रसाद अधिकारी, श्याम चालिसे, सुर्य गुरुङ, यलम्बर श्रेष्ठ, कुमार श्रेष्ठ, सन्देशकुमार श्रेष्ठ, प्रेम गिरी, कुमारविक्रम रेग्मी नेपालको शीर्ष नौ भित्र छन् भने विश्व बरियतामा न्युयोर्क सिटी म्याराथनमार्फत सुशील २ः५०ः०८ समयका साथ १२२६, नेपालगन्ज म्याराथनमा भाग लिएका कुमार ३ः२६ः१९ समयका साथ १०९८४, सिकागो म्याराथन दौडिएका श्यामले ४ः०४ः१८ समयका साथ २६२०४, भ्यालेन्सिया म्याराथन कुदेका सुर्य ४ः०४ः२० समयका साथ २६२१२, आबुधाबी म्याराथन दौडिएका यलम्बर ४ः१८ः५४ समयसहित ३०६३८ स्थान, सिकागो म्याराथन कुदेका कुमार श्रेष्ठले ४ः३०ः४५ समयका साथ ३४२०८, न्युयोर्क सिटी म्याराथन दौडिएका सन्देश ४ः३३ः३२ समयका साथ ३४८५३, आबुधाबी म्याराथन कुदेका प्रेम गिरी ४ः४८ः११ समयका साथ ३८२५१ र थाइल्याण्डको बाङ्सेन४२ चोनबुरी म्याराथन कुदेका कुमार विक्रम अधिकारी ४ः५०ः४३ समयका साथ ३८७८० स्थानमा रहेका छन् । सुर्खेतका कुमार हाल नेपाली दुतावास(बैंकक, थाइल्याण्ड)मा कार्यरत छन् ।

४०–४४ बर्ष उमेरसमुहमा नेपालबाट शीर्ष दशभित्र क्रमशः मुहाइजरबीन मोहम्मद, सन्तोष राई, बलदेव कुवँर, तपेश जोशी, प्रकाश प्रसाई, ललित शाही, माधव बुढाथोकी, विकल गुरुङ, बिरेन्द्र गुरुङ र कृष्णकुमार महर्जन रहेका छन् । विश्व बरियतामा भने मुहाइजरबीन १२७५ नम्बरमा छन् । क्वालालम्पुर म्याराथनमा २ः४४ः३६ सयमले उनलाई विश्व वरीयता प्रदान गरेको हो ।

सन्तोष राईले भ्यालेन्सिया म्याराथनमा ३ः००ः१९ को समयले विश्व बरियतामा ५६५६ नं दिएको छ । बलदेव कुवँर सिकागो म्याराथनमा ३ः०३ः४३ समय निकाल्दै ६४८८, तपेश जोशीले फिलाडेल्फिया म्याराथनमा ३ः१४ः४५ समयका साथ १०१७१, प्रकाश प्रसाईंले क्यालिफोर्निया इन्टरनेसनल म्याराथनमा ३ः४३ः२२ समय निकाल्दा २२१६०, ललित शाहीले आबुधावी म्याराथनमा ३ः५८ः०५ समय निकाल्दा २९६६४, माधव बुढाथोकीले आबुधावी म्याराथनमा ४ः१९ः३२ समय निकाल्दा ३७६९०, विकल गुरुङले न्युयोर्क सिटी म्याराथनमा ४ः२३ः४७ समयका साथ ३८९५३, वीरेन्द्र गुरुङले न्युयोर्क सिटी म्याराथनमा ४ः२८ः२४ समयका साथ ४०५४५ र कृष्ण कुमार महर्जनले नेपालगन्ज म्याराथनमा ४ः३७ः५१ सयम निकाल्दा ४३१९९ मा पर्न सफल भएका छन् ।

यही उमेर समुहमा निरज लवजुले छेन्दु इन्टरनेसनल म्याराथनमा ५ः०१ः५१ समयका साथ ४९११०, भिष्म पाण्डले न्युयोर्क सिटी म्याराथनमा ५ः०६ः१९ समयका साथ ४९८१६, आमोदप्रसाद आचार्यले न्युयोर्क सिटी म्याराथनमा ५ः१५ः२३ समयका साथ ५११४७, मेघराज लामाले आबुधाबी म्याराथनमा ५ः१९ः०१ समयका साथ ५१७०१, पुर्णबहादुर ओलीले आबुधाबी म्याराथनमा ६ः०३ः२४ समयसहित ५६५६५ र रबिनकुमार राईले गल्फ बैंक ६४२ म्याराथनमा ६ः१४ः३१ समयका साथ ५७२२६ स्थान हासिल गरेका छन् ।

त्यस्तै महिलातर्फ ५०–५४ बर्ष उमेर समुहमा पुनम राई र इन्दिरा चापागाईं सुचिकृत छन् । पुनमले न्युयोर्क सिटी म्याराथनमा ३ः५४ः३१ समय निकाल्दै नेपालको शीर्ष तथा विश्व बरियतामा २८१७ स्थान हासिल गर्दा इन्दिराले सिकागो म्याराथनमा निकालेको ४ः४३ः२० को समयले नेपालको दोस्रो तथा विश्व बरियताको ८३६४ स्थान दिलाएको छ । ४५–४९ बर्ष उमेरसमुहमा स्वरुपा खड्का र सकुन अधिकारी रहेका छन् ।

स्वरुपाले न्युयोर्क सिटी म्याराथनमा ३ः११ः०० को समयले विश्व बरियतामा ३५४ स्थान दिलाएको छ भने सकुनका लागि सिकागो म्याराथनमा निकालेको ५ः२७ः५१ को समयले १६२७० स्थान दिलाएको छ । वर्ल्ड एथ्लेटिक्सको वरियतामा भने नेपालबाट सन्तोषी श्रेष्ठको मात्र नाम सुचिकृत छ ।