१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना

नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना
अ अ+ अ-

काठमाडौं। शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ ।

प्रतियोगितामा ३ विभागीयसहित ५ टोलीको सहभागिता रहने बिहीबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी गराए ।

नेपाल प्रहरी, नेपाली सेना, एपीएफ, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबको सहभागिता रहने छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशी १३ लाख रुपैयाँ रहेको छ । विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेश्रो हुने टोलीले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागत उत्कृष्टलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटनका अवसरमा विगतमा झै एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार नगदसहित सम्मान गरिने छ ।

खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ । सुरुका ६ संस्करणको उपाधि एपीएफले जितेको थियो । सातौंमा न्यु डायमन्ड च्याम्पियन बनेको थियो भने गत संस्करणमा प्रहरी पहिलो भएको थियो ।

पत्रकार सम्मेलनमा नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा पनि हस्ताक्षर गरेका थिए । प्रतियोगितालाई राखेप, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, विभिन्न कर्पोरेट हाउस र पालिकाको सहयोग रहेको आयोजकले जनाएको छ ।

कन्ट्री हेड मिश्रले प्रतियोगिताको उचाईं बढेसंगै प्रतियोगिताप्रति संस्थाको माया पनि बढ्दै गएकोले बजेट विनियोजनलाई निरन्तर दिएको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।प्रतिष्ठानका अध्यक्ष खड्काले हरेक खेलाडी र टेक्निकल टिमका सदस्यको ५ लाख रुपैयाँ बराबरको विमा गरिएको बताए ।

महिला खेलाडीको सशक्तिकरण र क्षमता अभिबृद्धि गर्ने उद्देश्यसाथ प्रतिष्ठानले २०७२ सालदेखि प्रतियोगिताको सुरुआत गरेको थियो ।