१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थामा रुपन्देही प्रहरी

निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थामा रुपन्देही प्रहरी
अ अ+ अ-

लुम्बिनी। आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन रुपन्देही प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाउन विभिन्न योजना अघि बढाएको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी प्रहरीले जिल्लाको जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप सक्रिय र प्रभावकारी बनाएको जनाएको छ ।

निर्वाचनको समय नजिकिँदै गर्दा नेपाल–भारत खुला सिमाना जोडिएको क्षेत्रमा साना हातहतियारको दुुरुपयोग हुुन सक्ने उल्लेख गर्दै प्रहरीले त्यसतर्फ विशेष सजगता अपनाइ अपरेसन सुरु गरेको हो । सीमावर्ती क्षेत्रमा साना हतियारको खतरालाई नियन्त्रण गर्न प्रहरीले अन्य समयमा जस्तै निर्वाचनलाई समेत केन्द्रित गरेर विशेष योजनासहित हतियार खोजी सुरु गरेको हो ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले मतदान केन्द्रहरुमा अहिलेदेखि नै गस्ती, पेट्रोलिङ बढाएको बताउनुभयो । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार ४० जना कैदीबन्दीलाई जिल्लाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

हतियार खोजी अभियानका क्रममा गत महिना मात्र रुपन्देही प्रहरीको विशेष टोलिले दुई थान कटुवा पेस्तोल, दुई थान केएफ, स्पेशल लङ्गरेन्ज कार्टिज दुई थान, पाँच थान गोली, एक थान खुुकरी बरामद गरेको छ । हतियारसहित प्रहरीले भारत सिद्धार्थनगर ढिहवाका रमजान खान र सन्जय पासीलाई रुपन्देहीको गैडहवाबाट पक्राउ गरेको हो ।

प्रहरीले नक्कली सुुन बैंकमा धितो राखी ठगेको अभियोगमा नौ जनालाई पक्राउ गरेको छ । गोर्खा फाइनान्स लिमिटेड पडसरी शाखामा नक्कली सुन धितो राखेर ठगी गरेको अभियोगमा सिद्धार्थनगर वडा नम्बर ८ का आदित्य राना, राजुु राना, तिलोत्तमा–८ बस्ने भूमिसरा सुुनार, चन्द्रबहादुर सुुनार, तिलोत्तमा ६ बस्ने गायत्री पान्डे मगर, विकास थापा, प्रकाश भट्टाराई, तिलोत्तमा ५ का मनीष आचार्य र तिलोत्तमा १४ का अनिल विकलाई पक्राउ गरेको हो ।

यस्तै अनुुशासन र आचरणविपरीत काम गरेका जिल्लाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी अनुशासनको कारबाहीमा परेका छन् । यसरी अनुशासनको कारबाहीमा जिल्लाका विभिन्न प्रहरी एकाइहरुमा जिम्मेवारीमा रहेका प्रहरी अधिकृतदेखि कार्यालय सहयोगी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरी अनुशासन र आचरणविरुद्ध काम गर्ने प्रहरीहरु जिल्ला प्रहरी कार्यालयको कारबाहीमा पर्न थालेपछि प्रहरीहरुमा अनुशासनविरुद्ध काम गर्ने कार्यमा नियन्त्रण आएको जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक क्षेत्री बताउनुहुन्छ ।

उक्त अभियोगमा प्रहरीले एक जना प्रहरी हवल्दार, चार जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगीलाई निलम्बन गरेको छ । साथै दुई जना प्रहरी हवल्दार र एक जना जवानको बढुवा रोक्का गरिएको छ । यसैगरी दुई जना प्रहरी हवल्दार र पाँच जना जवानको तलब वृद्धि घटुुवा भएको छ ।

रुपन्देही प्रहरीमा दुई जना प्रहरी सहायक निरीक्षक, चार जना वरिष्ठ प्रहरी हवल्दार, तीन जना हवल्दार, एक जना सहायक हवल्दार र पाँच जना जवानलाई नसिहत दिएको र एकजना प्रहरी निरीक्षकलाई सहित दुई जना प्रहरी सहायक निरीक्षक, तीन जना प्रहरी हवल्दार र पाँच जना प्रहरी सहायक हवल्दारलाई सचेत गराइएको छ । साथै एक जना प्रहरी हवल्दार, एक जना जवान र एक जना कार्यलय सहयोगीलाई सेवाबाट हटाउनेसमेत काम भएको प्रहरी उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देही मातहत इलाका प्रहरी कार्यालय, बुटवल इलाका प्रहरी कार्यालय बेलहिया, सालझण्डी, इलाका प्रहरी कार्यालय लुम्बिनी, मर्चवार जस्ता महत्वपूर्ण प्रहरी एकाइ रहेका छन् । यस्तै भैरहवा, बुटवल जस्ता मुख्य सहरी क्षेत्रमा ‘क’ वर्गका वडा प्रहरी कार्यालय महत्वपूर्ण मानिन्छन् । रासस