४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा

काँग्रेस नेताहरु भन्छन्ः सरकारले निर्वाचनको वातावरण बनाउन सकेन

काँग्रेस नेताहरु भन्छन्ः सरकारले निर्वाचनको वातावरण बनाउन सकेन
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले सरकार निर्वाचनका लागि तयार नरहेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा बोल्दै नेताहरु सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकिर गरेका हुन् । उनीहरुले काँग्रेसले सरकारले वातावरण बनाए निर्वाचनमा जाने निर्णय गरिसकेपनि अहिलेसम्ममको स्थितिमा निर्वाचनको वातावरण बन्न नसकेको बताए । काँग्रेस उपसभापति धनराज गुरुङले सरकारले निर्वाचनमय वातावरण बनाउन अझै नसकेकाले सांसदहरुले अर्को बाटो अपनाएर रिट दर्ता गरेको बताउनु भयो । उहाँले काँग्रेस निर्वाचनको पक्षमा रहेपनि त्यो वातावरण बनाउन सरकारले नसकेको उल्लेख गर्नुभयो । उहाँले पार्टीको महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महाधिवेशन हुन्छ । क्रियालिश सदस्यताको टुंगो जिल्लाबाट आउने क्रम जारी छ । छिटै टुंगो लाग्छ । सरकार पक्षबाट निर्वाचनको आकाशमा देखिएको बादल फाटेको अवस्था देखिएन । त्यो काम सरकार पक्षको हो । त्यो नदेखेपछि संसद पुनःस्थापनाका लागि रिट दायर गरिएको हो । सरकार पक्षले वातावरण बनााए निर्वाचनमा सहभागी हुन्छौँ । निर्वाचन नभएपछि डार्क भूगोलतिर छिरिन्छ । यो महाधिवेशन गर्छौं, एक दुई दिन तलमाथि हुनसक्छ तर तिललाई पहाड बनाउनु हुँदैन, आकाश खसिहाल्छ जस्तो गर्नु हुँदैन ।’

काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशन अलमलमा नरहेको र विगतको भन्दा भव्यताका साथ सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले नियमित महाधिवेशन चाँडै हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महाधिवेशन अलमलमा पर्दैन । महाधिवेशन भव्यताका साथ हुन्छ । पहिलाको भन्दा भव्यताका साथ सम्पन्न हुन्छ । नियमित महाधिवेशन सम्पन्न हुन्छ । महाधिवेशन चाँडै नै सम्पन्न हुन्छ ।’

पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले ११ जिल्लाको क्रियाशिल सदस्यता टुंग्याउन बाँकी रहेको र छिटै टुंगिने बताउनु भयो । उहाँले पदाधिकारीहरुको पदावधिको समयसम्म महाधिवेशन हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनमा सहभागी हुन काँग्रेस तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भयो । देश शुन्यतामा नजाओस् भनेर सर्वोच्चमा रिटसहित पुगेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘११ जिल्लाको क्रियाशिल सदस्यता टुंग्याउन बाँकी छ । ११ जिल्लाको समस्या हो । क्रियाशिलको नविकरण लगभग सकिसकेको छ । नयाँ क्रियाशिलमा नम्बर छुटेको कारणले समस्या भएको हो । पदावधिको समयसम्म महाधिवेशन हुन्छ । आम निर्वाचनमा सरकारले ध्यान दिन सकेको छैन । निर्वाचनमा सहभागी हुन हामी तयार छौँ तर निर्वाचनको वातावरण बनाउनुपर्छ । निर्वाचन गर्नुपर्छ भन्ने काँग्रेसको निर्णय हो । देशलाई भ्याकुमको अवस्थामा नजाओस् भनेर साथीहरुले हस्ताक्षर गर्नुभएको हो ।’

नेता अर्जुननरसिंह केसीले काँग्रेस अन्योलमा नरहेको र संस्थागत निर्णय गरेर निर्वाचनमा जाने भनिसकेको बताउनु भयो । उहाँले पार्टीको महाधिवेशन पनि तोकिएको समयभित्रै हुनुपर्ने बताउनु भयो । उहाँले यथास्थितिमा निर्वाचनमा जानु भनेको आत्महत्या गरे बराबर भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस अन्योलमा छैन, हामीले संस्थागत रुपबाटै के गर्ने भनिसकेका छौँ । महाधिवेशन तोकिएको मितिभित्रै हुनुपर्छ । यो कसैको रहर भन्दा पनि परिस्थितिको कुरा हो । यथास्थितिमा निर्वाचनमा जानेकुरा आत्महत्या बराबर हो । ’

नेता केसीले अधिवेशन तोकिएको समयमा हुनैपर्ने बताउनु भयो । उहाँले विकसित घटनाक्रमलाई हेरेर काँग्रेस अघि बढ्नुपर्ने बताउनु भयो ।