१८ भाद्र २०८३, बिहीबार
,
Latest
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक



अ+ अ-

काठमाडौं। जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले भारतको कोलकातामा भएको नवौँ खुला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, १ रजत र १ कास्य गरी ११ पदक जितेका छन्।

पुम्सेमा रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण तथा वितिशा तामाङले रजत जितेको डोजाङका प्रमुखसमेत रहेका टोली प्रमुख राजेश प्रजापतिले जानकारी दिए।

गेरोगीमा अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापामगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण तथा राहुलहाङ लिम्बूले कास्य हात पारे।

उक्त प्रतियोगितामा अन्जित राई टिम प्रशिक्षक तथा भरत रञ्जित र सञ्जयध्वज जोशी अफिसियलका रुपमा सहभागी भएका थिए। प्रतियोगिता भारतको कोलकातास्थित विश्व बङ्गला कन्भेन्सन सेन्टरमा यही पुस ६ देखि ८ गतेसम्म भएको थियो।