१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाइयोस्ः मुख्यमन्त्री कँडेल

चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाइयोस्ः मुख्यमन्त्री कँडेल
अ अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशभित्रका राजमार्ग चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाउन सङ्घ सरकारसँग माग गनुभएको छ ।

उहाँले कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा हाल कर्णाली राजमार्गसँगै भेरी करिडोरको जाजरकोट खण्डमा रात्रीकालीन यातायात सेवा बन्द हुँदै आएको जानकारी दिनुभयो ।

सङ्घ सरकारको मातहतका यी सडकमा राति यातायातका साधन चल्न सकेका छैनन् । दश जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सुरक्षा निकायका केन्द्रीय प्रमुखहरु तथा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी उक्त गोष्ठीमा मुख्यमन्त्री कँडेलले कर्णालीमा सञ्चालन हुने सडक मृत्यु मार्गको रुपमा परिभाषित भएकाले यसलाई सुधार गर्न आग्रह गनुभयो ।

हिमाली जिल्लामा रहेका प्रहरीचौकीको अभावमा त्यहाँ रहेका सुरक्षाकर्मीले भोगेको समस्या तत्काल समाधान गर्नसमेत उहाँले गृहमन्त्री अर्याललाई आग्रह गनुभयो ।

आगामी फागुन २१ गते तोकिएको निर्वाचन यही अवस्थाको सुरक्षा र  प्रमुख दललाई बाहिर राखेर गरिने विषयले सम्भव नहुने उहाँको भनाइ थियो । रासस