१६ श्रावण २०८३, शनिबार
,
Latest
भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु



अ+ अ-

भक्तपुर। भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ चिकित्सकसहितको टोलीले भक्तपुरमा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविर सुरु गरेको छ ।

आजदेखि सुरु भएको शिविर यही पुस ११ गतेसम्म सञ्चालन हुने शिविरमा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीको मुटुरोगको प्रारम्भिक परीक्षण सुरु गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

शिविरमा भक्तपुरका ३५ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण हुने जनाइएको छ । नगरपालिकाले च्यामासिंहस्थित बागीश्वरी कलेज, न्यातापोल सेकेण्डरी स्कुल, बागेश्वरी माध्यमिक विद्यालय र खोप्रिङ इङ्लिस एकेडेमीमा विद्यार्थीहरूको मुटु परीक्षण भइरहेको उहाँले बताउनुभयो । रासस