१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ



अ+ अ-

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन कैदी पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा सो कारागारमा कैद भुक्तानी गरिरहेका धादिङको धुनिवेँशी नगरपालिका–१ का ३४ वर्षीय सञ्जीव परियार र थाक्रे गाउँपालिका–१० का ३५ वर्षीय विवेक परियार तथा मकवानपुरको चुरियामाई गाउँपालिका–३ का ३७ वर्षीय राजेन्द्र परियारलाई केन्द्रीय अनुसन्धान ब्यूरोका टोलीले आज काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सो मुद्दामा उनीहरुलाई जनही १३ वर्ष कैद सजाय कायम भएको थियो । उनीहरु २०७४ असोज १ गतेदेखि कैद सजाय भुक्तान गरिरहेको व्यूरोले जनाएको छ।

पक्राउ परेका फरार कैदीलाई आजै कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्यूरोका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो । रासस