१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खच्चडलाई पानी बोकाएर खानेपानी ट्याङ्की निर्माण गरिँदै



अ+ अ-

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्याङ्की निर्माण सुरु गरिएको छ । सो ट्याङ्की निर्माणमा आवश्यक पानी बोक्न खच्चडको प्रयोग गरिएको छ ।

खाँचीकोटमा पानी पु¥याउन लुम्बिनी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो योजना लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिने वडाध्यक्ष चुराबहादुर केसीले जानकारी दिनुभयो ।

मोटरबाटो नपुगेको उक्त स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्न दैनिक सात वटा खच्चडलाई पानी बोकाइएको छ  डोल्पाबाट ल्याइएका ती सातवटा खच्चड जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठानहुँदै हिल स्टेशनमा ल्याउनै १५ दिन लागेको थियो ।

एउटा खच्चडले एक पटकमा ७० लिटर पानी बोक्ने गर्दछ । एउटा खच्चडलाई पानी बोकाए बापत् दैनिक पाँच हजार रुपैयाँ ज्याला खच्चड धनीलाई भुक्तानी गर्ने गरी पानी बोकाइरहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले बताउनुभयो ।

यसरी पानी बोकाउँदा एक लिटर पानीको करिब १० रुपैयाँ पर्ने अनुमान गरिएको छ  । खाँचीकोट क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानसमेत मानिन्छ । हिल स्टेशनसम्म पुग्न सहज हुँदा यो स्थान नयाँ पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । रासस