१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

पर्यटन प्रवर्द्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल
चन्द्र प्रसाद ढकाल
अ अ+ अ-

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो ।

उहाँले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताउनु भयो ।

साथै उहाँले होमस्टे, तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रर्वद्धन भइरहेको बताउनु भयो । “पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ ।

यद्यपी पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदो अवस्थामा छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चयायमान बनाउन ठूलो सहयोग गरेको छ ।” उहाँले भन्नु भयो ।

पर्यटन क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दै गएको र यसले महिलाहरुलाई आत्मनिर्भर बन्न सघाउन पुर्‍याएको चर्चा गर्दै अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले महिलाहरुको उद्यमशीलताको विकास तथा नेतृत्व विकसमा थुप्रै नीतिगत सुधार गरेको जानकारी दिनुभयो ।

महासंघको नेतृत्वमा महिला सहभागिता अभिवृद्धि गर्न महासंघले विधान संशोधन गरि महिला सहभागिता अभिवृद्धिका लागि पहल गरको समेत उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष ढकालले नेपालमा थुप्रै सम्भावनाहरु रहेको उल्लेख गर्दै नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नु पर्ने बताउनु भयो ।

साथै उहाँले नेपालमै आन्तरिक पुँजी परिचालन गरेर पनि पूर्वाधार निर्माण तथा अन्य उद्यमशील काम गर्न सकिन्छ भन्ने सोचकासाथ महासंघको पहलमा १० अर्ब रुपैयाँ नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरि काम भईरहको जानकारी दिनभयो ।

उहाँले आन्तरिक बचतलाई एकिकृत गर्न तथा उद्यमशीलताको लागि आवश्यक पूँजी व्यवस्था दुवैका लागि कम्पनीले सहयोग गर्ने बताउनु भयो ।

नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा आयोजना गरिएको थियो ।