१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल



भिम राबल
अ+ अ-

कैलाली। नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश लिन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको बताउनुभएको छ ।

सो पार्टीको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टी सम्पूर्णरुपमा तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्छ ।

सरकारले त्यो वातावरण बनाउनुपर्छ । आगामी निर्वाचनमा सहभागी भएर ताजा जनमत लिन हाम्रो पार्टी तयार छ ।” उहाँले गत भदौ २३ र २४ गते घटेका घटनाको यथोचित, वस्तुगत तथा निष्पक्ष छानबिन गर्न र निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रहसमेत गर्नुभयो ।

नेता रावलले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टीले एकता सन्देशसभा सम्पन्न गरेको र अब पालिकास्तर हुँदै वडास्तमा पु¥याइने बताउनुभयो । रासस