१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह



अ+ अ-

काठमाडौँ। आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा तुहाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ।

आज पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले राज्यको बेइमानी र प्रतिक्रियावादी शक्तिको घेराबन्दीका कारण मुलुक गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको बताउनुभयो ।

भ्रष्टाचार, बेथिति र दलिय अत्याचार मौलाउँदै जाँदा जनआन्दोलन कमजोर पार्ने प्रयास भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

बैठकमा समसामयिक राजनीति, सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजनाबारे छलफल भइरहेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिनुभयो । रासस