१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति



अ+ अ-

मस्कट। यमनका इरान–समर्थित हुथी विद्रोही र यमनी सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति भएको छ । यस आदान–प्रदानमा सात जना साउदी नागरिक पनि समावेश रहेका छन् ।

छिमेकी देश ओमानको राजधानी मस्कटमा करिब दुई सातासम्म चलेको वार्तापछि यो सहमति भएको हो । एक दशकभन्दा बढी समयदेखि जारी यमन द्वन्द्व समाधानका लागि ओमानले निरन्तर मध्यस्थको भूमिका खेल्दै आएको छ ।

कैदी आदान–प्रदान वार्तामा सरकार पक्षका प्रतिनिधि माजेद फधाइलका अनुसार दुवै पक्षबीच हजारौँ युद्धबन्दी रिहा गर्ने सहमति भएको हो ।
हुथी पक्षका प्रतिनिधि अब्दुलकादेर अल–मोर्तादाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा आफ्ना एक हजार ७०० कैदीको सट्टामा सरकार पक्षका एक हजार २०० कैदी रिहा गरिने जानकारी दिएका छन् ।

तीमध्ये सात जना साउदी र २३ जना सुडानी नागरिक रहेका छन् ।सरकारी प्रतिनिधि फधाइलका अनुसार सात साउदीमध्ये दुई जना साउदी वायुसेनाका पाइलट हुन् ।

संयुक्त राष्ट्रसङ्घका यमनका विशेष दूत हान्स ग्रुन्डबर्गले यस सहमतालाई यमनभर रहेका बन्दी र तिनका परिवारको पीडा कम गर्न सहयोग पु¥याउने सकारात्मक र अर्थपूर्ण कदम भन्दै स्वागत गर्नुभएको छ ।

उहाँले सहमतिको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षहरूको निरन्तर सहकार्य, क्षेत्रीय समर्थन र थप बन्दी रिहाइका लागि निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो । (रासस/एएफपी)