८ पुष २०८२, मंगलवार
,
Latest
श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेनुलाई राखेपको बधाई



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पाँचौँ एसियाली युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङ र प्रशिक्षक कविराज नेगी लामालाई आज बधाई दिएको छ ।

राखेपका कार्यवहाक सदस्य–सचिव रामचरित्र मेहताले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरी दुवैलाई बधाई दिँदै आगामी दिनमा अझ सफलता प्राप्त गर्न शुभकामना दिनुभयो ।

रेनुले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा हालै सम्पन्न एसियन युथ पारा गेम्समा के–४४ विधाको महिला ४७ किलोमुनि तौलसमूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । रेनु राखेपले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेकी खेलाडी हुन् ।

सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो ।रासस