१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा

ऋण नतिरेपछि भैरवकुण्ड हाइड्रोपावर लिलामीमा
अ अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले लिलामीको सूचना निकालेको हो ।

आयोजनामा कूल रु ४० करोड लगानी गरेका बैंकले आज एक सार्वजनिक सूचना प्रकाशित गरी आयोजना लिलामी गर्ने जानकारी दिएका छन् । सञ्चालकको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामी हुने भएको जनाइएको छ ।

सो आयोजनालाई सानिमा बैंकको नेतृत्वमा बैंक अफ कमाठमाडौँ, एनएमबी बैंक, एनआइसी एशिया बैंक, मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमई बैंकले ऋण लगानी गरेका छन् । पटकपटक ऋण तिर्न ताकेता गर्दा आयोजनाका कुनै पनि प्रवद्र्धक सम्पर्कमा नआएपछि लिलामी गर्न लागिएको सूचनामा उल्लेख छ ।

यसअघि गत पुस १६ गते ती बैंकले सूचना प्रकाशित गरी ३५ दिनभित्र ऋण तिर्न आउन आग्रह गरेका थिए । सो आग्रहलाई अस्वीकार गरेको भन्दै बैंकले आज पुनःसूचनामार्फत आगामी १५ दिनभित्र आयोजना लिलामी गर्ने बताएका हुन् ।

सिन्धुपाल्चोकको लार्चामा सञ्चालनमा रहेको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीको बाढीले क्षति पुगेको परियोजना पुनःनिर्माण सम्पन्न गरेर पुनःसञ्चालनमा आएको थियो ।

कर्जाको सुरक्षणका लागि बैंकमा धितो रहेको परियोजनालगायत चलअचल सम्पत्ति लिलामी हुने सूचनामा उल्लेख छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा सो कम्पनी २०५९÷६० मा दर्ता भएको देखिन्छ ।

बैंकबाट ऋण लिँदा कम्पनीले सिन्धुपाल्चोकको साविक तातोपानी गाविसका विभिन्न कित्ता जग्गा र सो जग्गाको तीन मेगावाट क्षमताको आयोजना, सम्पूर्ण घर तथा टहरा, उपकरण, मेशिनरी तथा चलअचल सम्पत्ति धितो राखेको छ । बैंकले सो आयोजना २३ जना सञ्चालकलाई कालोसूचीमा राखिने जनाएको छ । प्राकृतिक विपदका कारण समस्यामा परेको सो आयोजनाबाट उत्पादित विद्युत् ३४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको लामोसाँघु सबस्टेसनमा जोडिएको छ ।